• आइतबार, साउन १० २०८३

कोरोना सङ्क्रमणपछिको मृत्युदरमा पेरु अग्र स्थानमा


आइतबार, भाद्र १४ २०७७
790
Shares

काठमाण्डौ – कोरोना सङ्क्रमणपछिको मृत्युदरमा पेरु अग्र स्थानमा देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण अमेरिका, ब्राजिल र भारतमा धेरै भए पनि सङ्क्रमणका कारण हुने मृत्युदरमा पेरु अग्रस्थानमा छ ।

पेरुमा प्रति १० लाख जनसङ्ख्यामा आठ सय ६६ जनाको ज्यान जाने गरेको वर्ल्डोमिटरले जनाएको छ । यस्तै जोन हप्किन्स विश्वविद्यालयले पनि दक्षिण अमेरिकी देश पेरुमा कोरोनाको सङ्क्रमणको मृत्युदर सबैभन्दा धेरै रहेको जनाएको छ ।

अमेरिकामा मृत्युदर प्रति १० लाखमा पाँच सय ६४ जना छ भने ब्राजिलमा प्रति १० लाखमा पाँच सय ६६ जना छ ।

कोरोना सङ्क्रमणको पहिलो चरणमा त्यहाँका अस्पतालमा तीन हजार शय्या र आईसीयूमा एक सय शय्याको मात्र व्यवस्था थियो ।

यस्तै कोरोना भाइरसबाट जोगिन लकडाउन गरे पनि सुरक्षा मापदण्ड पालना नगर्दा सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा पेरुमा मृत्युदर बढेको पाइएको हो ।

यस्तै अक्सिजनको कमीका कारण पनि धेरै सङ्क्रमितले ज्यान गुमाएका छन् । अक्सिजनका लागि नागरिक लामो लाइनमा बस्न बाध्य भएका छन ।

तीन करोड ३० लाखभन्दा धेरै जनसङ्ख्या रहेको पेरुमा अहिले ६ लाख ३९ हजारभन्दा धेरै सङ्क्रमित छन् भने अहिलेसम्म २८ हजार ६ सय सात जनाको ज्यान गएको छ ।

चार लाख ४६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । अहिलेसम्म ३१ लाख ५६ हजारभन्दा धेरैको परीक्षण गरिएको छ ।

मृत्युदर बढेपछि पेरु सरकारले अब स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र गराउन कडाइ गर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार