• मंगलबार, साउन १२ २०८३

काठमाडौंको खुलामन्चमा खाना खानेको लाइन


आइतबार, भाद्र १४ २०७७
760
Shares

काठमाडौं । काठमाडौंको खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा दिउँसो ३ बजेदेखि नै मानिसहरु भेला हुन थाल्छन् । मानिसहरुको संख्या बढ्दै ४ बजेतिर ४ देखि ५ सय हाराहारी पुग्छन् । शहरमा खानेकुराको अभावमा छाक टार्न समस्या परेकाहरु साढे ४ बजे स्वयंसेवकहरुले वितरण गर्ने खाना पर्खेर बसेका हुन्छन् ।

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु भएपछि झन् यहाँ खाना खान आउनेहरु बढेका छन् ।

स्वयं सेवकले खाना बाँड्ने बेलामा बस टर्मिनलमा ५र६ वटा लामो लाइन देखिन्छ ।

व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगाएका स्वयंसेवकले सुरुमा खाना खान बस्ने क्षेत्र निसंक्रमण डिस इन्फेक्सन गर्छन् । खाना खान आउनेहरुको तापक्रम नाप्छन् । ज्वरो आएकाहरुलाई अलग्गै राखेर खाना दिन्छन् ।

हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेको केही दिनपछि २०७५ चैत १८ गतेदेखि सडकमा निरन्तर खाना खुवाउँदै आएको छ ।

लकडाउन सुरु भएपछि दैनिक ज्यालादारी गर्ने मजदुरहरु धेरैजसो यो खानाको प्रतीक्षामा हुन्छन् ।

पहिलो चरणको लकडाउनमा दिनमा एक हजार जना भन्दा बढीले खाना खाए पनि अहिले ४ देखि ५ सयको हाराहारीमा हुने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार