काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका—५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार बिहान ४ः३५ बजे अस्पताल भर्ना भएका थिए । उनी मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए ।
मृतक कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।