• मंगलबार, साउन १२ २०८३

कोरोना नियन्त्रणका लागि गरिएको प्रतिबन्धविरुद्ध जर्मनीमा हजारौँले गरे प्रदर्शन


आइतबार, भाद्र १४ २०७७
790
Shares

काठमाडौं । जर्मनीमा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धविरुद्धमा प्रदर्शन भएको छ ।

जर्मनीको बर्लिनमा भेला भएका करिव ४० हजार सर्वसाधारणले दुई समूहमा विभाजन भएर प्रदर्शन गरेका हुन् ।

भेलामा सहभागीहरुलाई सामाजिक दूरी कायम गर्न सुरक्षाकर्मीले पटक पटक आग्रह गर्दा वेवास्ता गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ ।

सोही क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र पानीको बोतल प्रहार गर्दा दुवैतर्फ केही घाइते भएका छन् ।

प्रदर्शनकै क्रममा २ सय जनालाई पक्राउ गरिएको छ ।

जर्मनीमा कोरोना भाइरसका कारण हालसम्म ९ हजार ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४२ हजार संक्रमित छन् ।

संक्रमण नियन्त्रणका लागि जर्मन सरकारले मापदण्ड तोकेर केही व्यवसायमाथि प्रतिबन्ध लगाउनुका साथै सभा र भेलाहरु आयोजना गर्न निषेध गरेपछि त्यसको विरोधमा प्रदर्शन चर्किएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार