• बिहिबार, असोज १५ २०८३

एक स्वास्थ्यकर्मीसहित गण्डकीमा थपिए २४ कोरोना संक्रमित


आइतबार, भाद्र १४ २०७७
980
Shares

गण्डकी प्रदेशमा आज फेरी थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा २४ जना नयाँ संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये २२ तनहुँ र २ जना बागलुङका रहेका छन्।

बागलुङको तामानखोला–२ का दुई महिलामध्ये १ जना स्वास्थ्यकर्मी र अर्की महिला स्थानीय ब्यापारी रहेको प्रदेश स्वास्थय निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

उनले सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको २ हजार १ सय २३ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार