• बिहिबार, असोज १५ २०८३

दैनिक संक्रमित संख्यामा भारतले बनायो नयाँ रेकर्ड


आइतबार, भाद्र १४ २०७७
850
Shares


दैनिक कोरोना भाइरसको संक्रमित संख्यामा भारतले नयाँ रेकर्ड कायम गरेको छ।

एकै दिन ७८ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उसले नयाँ विश्व रेकर्ड कायम गरेको हो।

कोरोना महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकै दिन यति धेरै संख्यामा संक्रमित फेला परेको यो पहिलोपटक हो।

भारतले जुलाई १७ मा अमेरिकामा एकै दिन फेला परेका ७७ हजार २ सय ९९ संक्रमित संख्यालाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ।

पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार