• आइतबार, साउन १० २०८३

तिन जिल्लामा हट्यो निशेधाज्ञा, ४९ जिल्लामा कायमै (हेर्नुस कता कता हट्यो)


आइतबार, भाद्र १४ २०७७
740
Shares

काठमाण्डौ । कोरोना भाइरसको जोखिमका कारण निषेधाज्ञा गरिएका ५२ जिल्ला मध्ये आजदेखि तिन जिल्लामा निषेधाज्ञा हटेको छ । आजदेखि ( गुल्मी, पाँचथर र कालीकोटमा निषेधाज्ञा हटेको हो ।

कोरोना संक्रमण फैलन नदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेकामा संक्रमणको जोखिम घटेपछि निषेधाज्ञा हटाएका हुन् ।

तीनवटा जिल्लामा हटेपनि ४९ वटा जिल्लामा निषेधाज्ञा कायम नै छ । आज बिहानसम्मको तथ्याङ्क अनुसार ४९ जिल्लामध्ये ३९ वटा जिल्लामा पूर्ण र १० वटा जिल्लामा आंशिक निषेधाज्ञा कायमनै छ ।

पूर्ण निषेधाज्ञा भएका जिल्लामा काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरसहित सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक र गोरखा रहेका छन् ।

यस्तै अर्घाखाँची, कास्की, डोल्पा, मोरङ, डोटी, कैलाली, प्यूठान, सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, दैलेख, कन्चनपुर, डडेल्धुरा, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन, बैतडी, कपिलवस्तु, र दाङमा पनि पूर्ण निषेधाज्ञा रहेको छ ।

आंशिक निषेधाज्ञा रहेका जिल्लाहरुमा नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र जाजरकोट रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार