http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं ।आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ४ सयको दरले बढेको छ ।
आज छापावाल सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ४० रुपैयाँ रहेको छ । यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।