• बिहिबार, असोज १५ २०८३

ड्युटीमा खटिएका सिपाहीले गोली हानेर गरे आत्महत्या


आइतबार, भाद्र १४ २०७७
755
Shares

काठमाडौँ । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन्।

ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे ।

ती सिपाहीले ड्युटीमा रहेको समयमा शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन् भने घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता पौडेलले बताए ।

ती सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार