नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय युवकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ ।
मधुमेहका समेत बिरामी रहेका ती युवकमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको अस्पतालले जनाएको छ ।
शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए ।