• मंगलबार, साउन १२ २०८३

कोरोनाबाट २९ वर्षीय युवकको मृत्यु


आइतबार, भाद्र १४ २०७७
765
Shares

ललितपुर — कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शनिबार राति १० बजे ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको हो । उनी साउन २८ गते अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिबार साँझसम्म ललितपुरमा कोरोना संक्रमितको संख्या ६ सय ५ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६० जना निको भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार