• मंगलबार, साउन १२ २०८३

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु


आइतबार, भाद्र १४ २०७७
780
Shares


होम आइसोलेसनमै बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै शनिबार राति मृत्यु भएको हो ।

उच्च रक्तचाप, महुमेहका बिरामी ती पुरुषको भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते (शुक्रबार) संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेको भक्तपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए ।

मृतकका परिवार सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भईरहेको खत्रीले जनाएको छ ।

मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार