• बिहिबार, असोज १५ २०८३

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु


आइतबार, भाद्र १४ २०७७
890
Shares

गर्भवती सबार एम्बुलेन्स दुर्घटना हुँदा स्याङ्जको वालिङ नगरपालिका—५ मजकोटमा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन्।

बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब ५ बजे दुर्घटना हुदाँ चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट–१० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेको बताए ।

यसै गरी दुर्घटनामा चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र चालक सोही स्थानका ३१ वर्षीया सुरेन्द्र भण्डारी गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार २८ वर्षीया पोखरेल डेलिभरीको लागि काठमाडौंबाट घर आउँदै गर्दा वालिङ चापाकोट भित्री सडकखण्डमा एम्बुलेन्स सडकदेखि अन्दाजी अढाई सय मिटर तल खसेर दुर्घटना भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार