गोरखा । गोरखा सदरमुकाम क्षेत्रमा ब्युटी पार्लर ब्यवसाय संचालन गर्दै आएकाहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
गत भदौ ९ गते गोरखा बजारको हरमटारी, बसपार्क क्षेत्रमा ब्यवसाय सञ्चालन गर्दै आएका १० जनाको स्वाव संकलन गरि कोरोना परिक्षणका लागि पठाइएको थियो ।
उनिहरु सबैको आज शनिबार रिपोर्ट नेगेटिभ आएको नेपाल सौन्दर्य कला ब्यवसायी संघ गोरखाका अध्यक्ष सुकु श्रेष्ठले सिभिलखबरलाई बताइन ।
यस अघि गोरखा नगरपालिका ९ कि एक ब्यवसायीमा कोरोना संक्रमण देखिएपछि सौन्दर्य कला ब्यवशायीले पिसिआर जाँच गराएका थिए ।
लक्ष्मी बजारकी ति युवतीमा संक्रमण देखिएयता गोरखामा सञ्चालनमा रहेका सबै ब्यूटि पार्लर एक महिना यता बन्द रहेको अध्यक्ष श्रेष्ठले बताइन ।