• बिहिबार, असोज १५ २०८३

गण्डकीमा मृतकको संख्या १२ पुग्यो, संक्रमित कति ?


शनिबार, भाद्र १३ २०७७
800
Shares

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित १२ जनाले ज्यान गुमाइसकेका छन्।

संक्रमणबाट पोखरामा आज शनिबार पनि थप एक जनाको ज्यान गएको हाे।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत् पोखरा १४ का ५८ वर्षीय पुरूषको ज्यान गएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।

त्यस्तै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७७ जना पुगेका छन्। जसमा शनिबार मात्रै २१ जना संक्रमित थपिएका छन्।

उनीहरू सबै नवलपुरका रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।

कोरोना संक्रमणका कारण अहिले गण्डकीमा ३ सय ९५ जना आइसोलेसनमा छन्। संक्रमण भएका बाँकी १ हजार ६ सय ७२ जना निको भएर घर फर्किएको डा. शर्माले बताए।

गण्डकीमा अझै क्वारेन्टिनमा ८ सय ३० जना छन्।

गण्डकी प्रदेशमा लकडाउन भएपछि विदेशबाट १९ हजार ५ सय २९ जना आएका छन्। जसमा भारतबाट १३ हजार २ सय ५९ जना र अन्य देशबाट ६ हजार २ सय ७० जना फर्किएका छन्।

गण्डकीमा हालसमम ४४ हजार ६ सय ८३ जनाको स्वाब परीक्षण गरिसकेको डा. शर्माले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार