• आइतबार, साउन १० २०८३

गोरखामा झन्डै पाँच हजार जनाको पिसिआर परिक्षण गरियो


शनिबार, भाद्र १३ २०७७
850
Shares


अब्जल मियाँ
गोरखा । गोरखामा हालसम्म झन्डै पाँच हजार जनाको पिसिआर परिक्षण भएको छ ।

दुइ नगरपालिका र नौ गाउँपालिका गरि ११ स्थानिय तह रहेको गोरखामा शनिबार बिहानसम्म ४ हजार ५ सय ५१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले सिभिलखबरलाइ बताए ।

हालसम्म गोरखामा पिसिआर परिक्षण गरिएका मध्ये १ सय २३ जनालाइ कोरोना पोजेटिभ देखिइसकेको छ । जसमा १ सय ५ जना पुरुष र १८ जना महिला रहेको न्यौपानेले बताए ।

कोरोना संक्रमित मध्ये १ सय १८ जना निको भएर घर फर्किसकेका छन भने एकजनाको मृत्यु भएको थियो । त्यस्तै हाल गोरखम क्याम्पसको आइसोलेसनमा ४ जना उपचाररत छन । जसमा आजै गोरखा नगरपालिका वडा नं १३ मा देखिएका २ जना संक्रमित पनि रहेका छन ।

गोरखामा समुदायस्तरमा समेत कोरोना भाइरसको संक्रमण देखिन थालेपछि जिल्लामा भदौ १ गतेदेखी एक साताका लागी निषेधाज्ञा जारी गरिएको थियो भने पुन एक हप्ता थप गरि भदौ १४ गतेसम्मका लागि निशेधाज्ञा जारी छ । दोस्रो पटक थपिएको निषेधाज्ञाको अवधी भोली सकिदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार