• बिहिबार, असोज १५ २०८३

बैदेशिक रोजगारीमा गएका ८० प्रतिशत कामदार फर्किने


शनिबार, भाद्र १३ २०७७
945
Shares

काठमाडौं वैदेशिक रोजगारीमा रहेका करिब ८० प्रतिशत कामदार स्वदेश फर्कन चाहेको एक अध्ययनले देखाएको छ। कोरोनाका कारण करिब ६ लाखले रोजगारी गुमाएर स्वदेश फर्किेने प्रतिक्षामा छन्।

माइग्रेन ल्याबको सहकार्यमा डायस्पोरा नेपालीको अन्तर्राष्ट्रिय थिंकट्यांक नेपाल नीति प्रतिष्ठान एनपीआई ले गरेको अध्ययनअनुसार ८० प्रतिशत कामदार फर्किन चाहेको देखिएको हो।

एनपीआईले भारत, मलेसिया र खाडी क्षेत्रका ६ वटा देशमा कार्यरत ६ सय २५ जना श्रमिकसँग अध्ययन गरेको थियो।

धेरैले परिवारसहित स्वदेशमै स्वरोजगारमा संलग्न हुन चाहे पनि आफूसँग पैसा नभएको अध्ययनका क्रममा पाइएको थियो। ८० प्रतिशत कामदार विदेशमा श्रम गर्दा कमाएको धेरै पैसा घर परिवारमा महिनैपिच्छे आवश्यकता पूर्ति गर्नमै खर्चिन्छन्। जसले गर्दा फर्केपछि सानो रकम लगाएर भए पनि स्वरोजगारमा संलग्न हुन चाहे पनि इच्छा पूरा हुन नसकेको अध्ययनमा देखिएको छ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका कामदारलाई सामाजिक आर्थिक एकीकरण गर्न दस्तावेज बनाए पनि पारित हुन सकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार