• आइतबार, साउन १० २०८३

शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण


शनिबार, भाद्र १३ २०७७
710
Shares

शनिबार देशभर कोरोनाका ८ सय ८४  संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४०  पुगेको छ।

विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्।

आजमात्रै १० हजार ९ सय ७१ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार