डा. सुरेन्द्र विक्रम अधिकारी
मानिसको शरिरमा दुईवटा किड्नी हुन्छ । हामीले खाएको पानी फिल्टर गर्ने काम किड्नीको हो । हामीले खाएको पानी किड्नीले फिल्टर गरेर पिसावको माध्यामबाट बाहिर फाल्छौँ । जब हामी हामीले कम पानी खान्छौँ त्यति नै शरिरमा पानीको मात्रा कम हुन जान्छ । पानीको मात्रा कम हुँदा पिसाव कम हुन्छ । जब शरिरमा पानी र पिसावको मात्रा कम हुन्छ तब किड्नीमा पत्थरी बन्ने सम्भावना बढ्दै जान्छ । ६/७ मिलिमिटर सम्मको पत्थरी धेरै पानी पिउँदा आँफै वगेर जाने सम्भावना हुन्छ । त्योभन्दा बढी पत्थरी भयो भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ ।
पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ । कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिने गरेको पाईन्छ ।
यस्ताे छ उपचारको विधी
पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ । विरामीमा पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ । किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्ने हुन्छ ।
किड्नीमा पत्थरी जम्न नदिनका लागि धेरै मात्रामा झोल कुराको सेवन गर्नुपर्ने हुन्छ । दुई सेन्टिमिटर सम्मको पत्थरीलाई हामीले घाउ नबनाईकन पिसावको नलीबाट गएर लेजरको माध्यामबाट ढुंगालाई फुटालेर बाहिर निकालिन्छ । जसलाई RIRS विधि भनिन्छ ।
दुई सेन्टिमिटरभन्दा बढी पत्थरी भएमा हामीले सानो प्वाल बनाईकन फुटालेर बाहिर निकालिन्छ । जसलाई PCNL भनिन्छ । आजको दिनमा शल्यक्रिया गरेर पत्थरी निकाल्ने क्रम भने हराउँदै गएको छ ।
लेखक डा. अधिकारी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका युरोलोजिष्ट हुन् ।