लाप्राक स्थित गुप्सिपाखा । जहाँ करिब ६ सय घरधुरी निर्माण गरिएकाे छ । तस्विर: सुदीप श्रेष्ठ/ सिभिलखबर
गोरखा । गैरआवासिय नेपाली संघ एनआरएनएले गुप्सीपाखाको एकिकृत नमूना बस्ती निर्माण गरी हस्तान्तरण गरेको साढे दुई वर्ष बित्यो । भूकम्पको केन्द्रबिन्दु बारपाक नजिकै लाप्राकको गुप्सीपाखामा ५७३ घर बनाइएको छ ।
बर्षौदेखि पहिरोको समस्यामा रहेको लाप्राकको पुरानो बस्ती भुकम्प पछि थप जोखिमयुक्त भएपछि गुप्सीपाखामा नयाँ बस्ती बनाउने निर्णय भएको थियो । सोही अनुरुप २०७३ बैशाख १२ गते एनआरएन, पुर्ननिर्माण प्राधिकरण र स्थानिय वीच सम्झौता भएको थियो ।
एनआरएनएले पाँच वर्ष लगाएर बस्ती निर्माण गरी २०७८ बैखाश ९ गते बस्ती हस्तान्तरण गर्यो । तर ५७३ घर मध्ये करिब ५० घरमा मात्र अहिले मान्छे बस्छन् । केही घरमा होमस्टे चलाइएको छ ।
समय समयमा आएर रेखदेख गर्ने समेत गर्दा करिब ५० वटा घर प्रयोगमा आएको जस्तो देखिन्छ । अन्य सबै घर यसै थोत्रिन लागेका छन् । ‘एनआरएनएले घर त बनाइएदियो तर हामीले खोजे जस्तो बनेन्,’ स्थानीय ज्योती गुरुङले भनिन्, ‘झ्याल ढोका पनि काम लाग्ने खालको छैन्, नयाँ बनाएर बस्नु पर्छ ।’
सार्वजानिक तथा सामुदायिक वनको कुल १८।३२ हेक्टर क्षेत्रफलमा उक्त बस्ति बनाइएको छ । प्रतिघरधुरी करिब ४ आना दरले घडेरी कायम गरी लालपुर्जा वितरण गरिएको छ । उक्त वस्ती निर्माण गर्दा प्रतिघर १० लाखका दरले करिब ७५ करोड ६६ लाख रुपैयाँ खर्च भएको एनआरएनएले जानकारी दिएको छ।
‘गाउँमा बसेपछि खेतीपाती गर्नुप¥यो, वस्तुभाउ पाल्नु प¥यो,’ उनले भनिन्,‘भएको खेतबारी सबै तलै छ । सधै बेंसी झर्नु पर्छ आउन/जान ४ घण्टा लाग्छ, यहाँ बसेर के गर्ने रु’ सम्झौता अनुसारको घर निर्माण नभएको स्थानीयको गुनासो छ ।
बाहिरबाट हेर्दा चटक्क परेको देखिने घरमा भित्रि रुपमा अझै धेरै काम गर्न बाँकी छन् । ‘स्यापलको रुपमा बनाएको जस्तो अरु घर बनेन्,’ अर्की स्थानीय यमकुमारी गुरुङले भनिन,‘सक्नेले त थपथाप गरेर बनाए, नसक्ने गरिब, दुखी, एकलमहिलाले यसै छोडेका छन् ।’ खानेपानी, विद्युत, ढल निकास, सडक जस्ता न्यूनतम पूर्वाधार निर्माणमा समेत समन्वय नगरी एनआरएनएले बस्तीको जिम्मा स्थानीय सरकारलाई दिइसकेको छ ।
केयर नेपालको सहयोगमा स्वाँरा सघन गाउँबिकास केन्द्रले निर्माण गरेको खानेपानी आयोजना सञ्चालनमा नआउँदै अबरुद्ध छ । अन्य पूर्वाधार निर्माणका केही काम भएका छैनन् । ‘यस बस्तीमा सबै भन्दा धेरै खानेपानीको समस्या छ, टाढा हिमालको फेदीबाट ल्याएको धारामा आइस जम्छ,’ वडा नं ४ को वडाध्यक्ष किसान गुरुङले भने, ‘टाढाबाट पानी ल्याउँदा समस्या भयो, अहिले नजिकै मुहान खोजी गरेका छौं । २० लाख बजेट पनि परेको छ ।’
आवश्यक अध्ययन अनुसन्धान नगरी बस्ती बनाउँदा मानिसहरु नबसेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको भनाई छ । उक्त क्षेत्रको बिकास र समृद्धिका लागि गाउँपालिका संघ र केन्द्रमा समेत पहल गरिरहेको उनले बताए ।
‘पालिकाले अहिले नै उहाँहरुलाई त्यहाँ गएर बस्नुस भनेर भन्न सकिदैन, गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भने,‘चिसोका कारण त्यहाँ बस्न पनि समस्या छ, माथि जग्गा जमिन छैन, खेतिपाती गर्न बेंसी झर्नुपर्छ । त्यसैले एकिकृत बस्तीमा मान्छे बस्न गा¥हो छ । मानिसहरु बस्न चाहादैनन् ।’
लाप्राकका अधिकाशं भुकम्प पिडितले पुरानै बस्तीमा घर बनाइसकेका छन् । स्थानीयको वेवास्ता र सरोकारवालाहरुको गैरजिम्मेवारीपनले गर्दा उक्त बस्तीमा गरिएको लगानी वालुवामा पानी बन्ने खतरा बढ्दै गएको छ ।