• शनिबार, साउन ९ २०८३

काेराेनाबाट संक्रमितकाे मृत्युपछि कसरी गर्ने अन्तिम संस्कार ?


शुक्रबार, जेष्ठ ९ २०७७
1.2K
Shares

मोहम्मद शाहिद अलि


बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकताले भरिएको हाम्रो देश । आ-आफ्नै धर्म र, संस्कृतिले सुसज्जित हाम्रो साझा फूलबारी । कहिं अजानको पुकार त कहिं भजनको धुन ।

विश्व कोरोनाले क्षतविच्छेद छ । नेपाल पनि ग्रसित छस यस समस्यासँग हामी मिलेर लड्नु छ । हामीले जित्छौं भन्नेमा पनि विश्वस्त छौं । तथापि पछिल्ला घटनाक्रम ३ जनाको मृत्यु र, संक्रमितको बृद्धिदरले केही न केही क्षति व्यहोर्नै पर्ने संकेत देखिएको छ । अवस्था भयावह पनि हुन सक्छ । भोकले प्रताड़ित जनताले धैर्यता राखेर सरकारलाई भरपुर सहयोग गरेका छन् ।

तसर्थ क्षति कम हुन गएको वर्तमान परिस्थितिमा कसै आफन्तको मृत्युको पीड़ा कस्तो होला ? हामी सहजै महशुस गर्न सक्छौं । त्यसमा पनि मृतकलाई वा संक्रमितलाई आफन्तले छोएर रून समेत नपाउँनु कस्तो दुर्भाग्य होला ? हेर्न समेत पाउँदैनन्, न त अन्तिम बिदाइ नै गर्न पाएका छन् । यो पीड़ाले झन् दुस्ख बढ़ाउँछ । सजगता अपनाउँनु राम्रो हो । जबकि विशेषज्ञहरूका अनुसार मृतकमा कोरोना भाइरस सक्रिय हुँदैन । भाइरस केही घण्टा सम्म उनीहरूको कपड़ामा रहन्छ ।

रून त पाएनन् सदियौं देखिको रीति संस्कार अनुसार सतीगती गर्न नपाउनु अर्को पीड़ाको विषय बनेको छ । बहुधार्मिक हाम्रो समाज हाम्रा जन्म र, मृत्यु संस्कार आ-आफ्नै छन् । कसैले विधिवत गाड्छन् त कसैले जलाउँछन् । तर, कस्तो दुर्भाग्य न विधिवत गाड्न पाए, न जलाउँन । हामी धर्ममा आस्थावान त्यसरी गाड्दा श्वर्ग जाला कि नर्क ? मनमा अनेकौं सवाल पनि पक्कै उब्जिएका छन् ।

निस्संदेह धार्मिक रीति संस्कार अनुसार दाहसंस्कारले नै श्वर्ग लैजान्छ भन्ने आस्था हिन्दू धर्मावलम्बीमा छ भने मुसलमानमा विधिवत कब्रमा दफ़्न गरे श्वर्ग जान्छौं भन्ने विश्वास छ । त्यस्तै बौद्धिष्ट लगायत अन्य धर्मावलम्बीका पनि आ-आफ्ना विश्वास छन् । तर, विषम परिस्थितिले राज्यले त्यसो गर्ने अनुमति दिन सकेको छैन ।

नेपाल मात्र हैन, विश्वका अधिकांश देशले सुरक्षालाई लिएर कुनै पनि धर्म संस्कार अनुसार सतीगती गर्न दिइएको छैन । त्यसरी नै हाम्रो देशमा पनि कोरोना संक्रमणले मृत्यु हुनेलाई नेपाली सेनाले सुरक्षित रूपमा गाड्ने ज़िम्मेवारी पाएको छ । तद्अनुसार पछिल्ला दुई मृतक जो नेपालका पहिला र, दोस्रो मृतक हुन् । उनीहरूलाई सैनिकले गाड्यो । त्यसरी गाड्दा लाग्छ संसारमा उनीहरूको कोही छैन । बेवारीस र, पापी हुन् । त्यसले मन विच्छेद बनायो ।

जबकि एक महिला हिन्दू धर्मावलम्बी थिइन भने एक मुसलमान थिए । हिन्दू महिला जसलाई विधिवत आफन्तले जलाउनु पर्ने हुन्थ्यो । एक मुसलमान जसलाई धार्मिक आस्था अनुसार पहिले गोसल (नुहाउनु) पर्ने हुन्थ्योस गोसल-कफ़न (शववस्त्र)लाई पहिलो फ़र्ज़ (अनिवार्य कर्तव्य) भनेको छ ।

दोस्रो स् जनाजाको नमाज (मृतकका निमित्त पढिने विशेष नमाज़) यसलाई पनि फ़र्ज़ भनेको छस जनाजा पढेर विधिवत क़ब्रिस्तानमा दफ़्न (गाड्नु) पर्ने हुन्थ्यो । र, इस्लामिक मापदंड अनुसारको क़ब्र (समाधिको खाल्डो) मा दफ़्न (गाड्नु) लाई पनि फ़र्ज़ भनिएको छ । तर, दुर्भाग्य परिस्थितिवश त्यसो हुन नसकेको देखिन्छ । यस्तो विषम परिस्थितिलाई हामी सबैले आत्मसात् गर्नु पर्ने हुन्छ । राज्यलाई सहयोग र, सहज वातावरण बनाउँनु पर्ने हुन्छ । हुज्जत गर्नु हुँदैन ।

यद्यपि राज्यले चाहेमा विधिपूर्वक अति आवश्यक रीति संस्कार पुरा गरेर दाहसंस्कार वा दफ़्न गर्ने वातावरण बनाउँन सक्छ । जसरी संक्रमितको उपचारमा सुरक्षा सामाग्री प्रयोग गरेर उपचार गरिन्छ त्यसरी नै सम्बन्धित धर्मावलम्बीहरूलाई संयन्त्र बनाउँने अनुमति दिएर विधिपूर्वक सतीगती गर्न सकिने सम्भावना पनि देखिन्छ ।

जस्तो कोरोना बाहेक मृत्यु हुनेको सतीगती गर्न ५ जना सम्मलाई राज्यले अनुमति दिएको छ । त्यसरी नै कोरोनाद्वारा मृत्यु हुनेको हकमा पनि सेनाको निगरानीमा सम्पूर्ण सुरक्षा अपनाएर परिवारको इच्छा वमोजिम आ-आफ्नो धर्म संस्कार अनुसार सतीगती गर्न दिन सकिने देखिन्छ । यसका निमित्त कमसेकम ३ जनालाई अनुमति दिन सकिन्छ ।

कुनै पनि हालतमा गोसल दिन सकिदैन भनें रु पूर्ण सुरक्षा सामाग्री लगाएर तयम्मुम गर्ने र, कफ्न लगाइदिने अनुमति दिन सकिन्छ । शास्त्रले यस्ता विषम परिस्थितिका निमित्त केही छुट दिएको छ । त्यसमा पनि हामी जुन देशमा हुन्छौं त्यहाँको कानून पनि मान्नु पर्ने हुन्छ । तर, राज्यले सकेसम्म धर्मका निर्देशन पालना गर्न पाउँने वातावरण बनाइदिनु उत्तम हुन्छ ।

इस्लाम धर्मले जनाजा अनिवार्य पढ्नु भनेको छ । राज्यले खाल्डोमा नै पुर्छ भने शास्त्रले निर्धारण गरेको मापदंड अनुसार क़ब्र खन्न दिने र, सामाजिक निश्चित दूरी क़ायम गर्दै टाढाबाट नै भए पनि लासलाई अगाडी राखेर उसका परिवार वा इच्छाएका तीन जना मिलेमा पाँच जना सम्मलाई जनाजाको नमाज़ पढ्ने व्यवस्था मिलाउँन नेपाल सरकारले निर्देशन जारी गर्न सक्छ ।

आ-आफ्नो धर्म, संस्कार अनुसार सतीगती हुन पाउने अधिकारलाई स्थापित गर्दा राम्रो हुने देखिन्छ । हुन नै नसक्ने देखिदैन, यस तर्फ राज्यले विलम्ब सोचोस् । सतीगती नगर्दा मृतक प्रति नकारात्मक दृष्टिकोण जस्तो पापीरअधर्मी भएका कारण उसले यसरी मर्नु पऱ्यो हिन्दूमा दागवत्ती पाएन, मुसलमानमा गोसल र, जनाजा पाएन भन्ने धारणा बन्ने समेत देखिन्छ । यसले परिवारमा पीड़ा पनि थप्छ । यसर्थ पनि समाधान निकाल्नु पर्ने देखिन्छ ।

यद्यपि धर्मले त्यसो भनेको छैन । बरू महामारी जस्तो कोरोना भाइरसस यस्ता विमारले संक्रमित हुनेले अल्लाह प्रति विश्वास, इमान राख्दैस धैर्यता राखेको हुन्छ उ मर्यो भने सहीदको दर्जा पाउँछ भन्ने हदीस भेटिन्छ । यसर्थ कोरोनाले मर्ने प्रति ग़लत धारणा नराखौं ।

लेखक माेहम्मद शाहिद अलि इस्लामका जानकार तथा मुस्लिम अगुवा हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार