कोरोना अन्तिम माहामारी नभएको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुन नेपालले आफै खोप निर्माण गर्न जुट्नुपर्ने बताउछन् । चीन, भारत, अमेरिका लगायतका बिभिन्न कम्पनीहरुसँग सहकार्य गरेर नेपालले आफै खोप निर्माण गरेमा भोलीका दिनमा आउन सक्ने माहामारीबाट जोगिन सकिने उनको तर्क छ ।
पछिल्लो समय नेपालमा कोभिड १९ को महामारीको जोखिम केहि कम भएपनि यो भने अन्तिम नभएकाले सरकारले पूर्व तयारीमा थुप्रै काम गर्न बाँकी रहेको डा. पुन बताउछन् । विश्वमा कोभिड १९ कै नयाँ नयाँ भेरिएन्ट, सव–भेरिएन्टहरु देखिदै गर्दा नेपालमा त्यसको जोखिमको अवस्थाकाबारे सिभिलखबरका मोहसिन अलि मियाँले डा.शेरबहादुर पुनसंग कुराकानी गरेका छन् ।
कोभिड –१९ को दर पछिल्लो समय कम भएको छ । यो चार वर्षको अवस्थालाई कसरी सम्झिनुहुन्छ ?
कोभिड जसरी देखा प¥यो सम्भवतः मैले कहिल्यै पनि सोचेको थिइन । सरुवा रोगहरुमा ‘पेण्डामिक’ बेला बेलामा देखिने गरेको हो । युरोपमा ‘ब्ल्याकडेथ’ विभिन्न रोग, कलेराकै नामले चिनिने । नेपालमा पनि ‘क्लियर’ नभएको होइन । हामीले काम गर्दा पहिले–पहिले सुनिन्थ्यो । यतिसम्म थियो कि गाउँमा गाली ग¥यो भने हैजाले लग्न नसक्या भन्ने पनि थियो । बिचमा झाडापखाला मुख्यतः एक घण्टामा ४० देखि ५० जनाको हाराहारीमा भर्ना हुन्थे । मेरो सेवा अवधिमा यस्तो यस्तो पनि देखियो ।

जब यो कोभिडको समस्या आयो । यसको समस्या आएपछि यो भाइरसले जुन तरिकाले निरन्तरता पाइरहेको छ, यो हाम्रो सोचको भन्दा विपरीत हो । कुनैपनि महामारी एकपटक आएपछि जानुपर्ने हो । तर यसले आफूलाई निरन्तरता दिन सक्षम भएको छ । यो संसारका विज्ञहरुका लागि पनि चुनौतीपूर्ण बन्यो । यसले निरन्तर हामीलाई झस्काइरहेको छ । भाइसरले आफूलाई क्षमतावान् बनाएर निरन्तरता दिन सक्दो रहेछ ।
अर्को, खोपको महत्व कति भनेर पनि सिकाएको देखिन्छ । टेक्नोलोजीका रुपमा कोरोनाको खोप सबैभन्दा छिटो बनेको हो । त्यसकारण धेरै जनता खोपप्रति सशंकित पनि भए । अन्तर्राष्ट्रिय विज्ञहरुले पनि यसले यति लामो समय दःुख दिइराख्ला भनेर सोचेका थिएनन् ।
अहिले चीनमा देखा परेको ओमिक्रोनको सव भेरिएन्ट बिएफ–७ ले त्यहाँ लाखौं संक्रमित हुन सक्ने अवस्था सिर्जना भएको छ । यो भारतमा पनि पुष्टि भैसकेको अवस्थामा नेपालमा यसको जोखिम कस्तो छ ?
संसारको कुनै पनि कुनामा देखिएपछि यो नेपालमा देखिदैन होला भन्ने कुरै हुदैन । सार्स कोरोना भाइरस टु भन्छन् तर कोभिड १९ भनेको बिरामी भैसकेको अवस्था हो, यो दुई वटा हो । तर अहिले हामीले बोलीचालीको रुपमा एकै शब्द प्रयोग गरेका छौ । नेपालमा ओमिक्रोनको तेस्रो लहर सकिएपछि ओमिक्रोन भेरिएन्ट भयो त्यो अर्को सव भेरिएन्ट भयो ।
अझै स्पेसल टर्मेनोलिष्ट सव रिलिज पनि भन्ने गर्छौ । नेपालीमा उपप्रजाती भन्छु मैले । त्यो जो ओमिक्रोनको सव भेरिएन्ट भनेर बिएफ ७ को असहज परिस्थिति सिर्जना भएपछि नाम बाहिरआएको हो । नेपालमै १७ वटा ओमिक्रोनको सव भेरिएन्ट घुमिरहेको भन्ने केही हप्ता अगाडी नेपाल सरकारले निकालेको एक सुचनामा देखिन्छ ।
अमेरिका, युरोपमा सव भेरिएन्ट देखिएको समाचार सुनिरहेकाले नेपालमा पनि यत्तिका भेरिएन्ट रहेछ भन्ने कुराले खासै आश्चर्यचकित चाँहि बनाएन । नेपालमा लामो समय खोज नहुँदा के होला भन्ने मनमा लागिरहन्थ्यो । चीनमा देखिएपछि नेपालले पनि जब परीक्षण ग¥यो, त्यसमा १७ वटा भेरिएन्ट देखियो ।

तर चीनमा बिएफ ७ लाई परिस्थिति असहज देखाउने कारक मानिन्छ । तर त्यहाँ अरु पनि छन्, यो चाँहि सबभन्दा लिगिल भन्ने छ । त्यो नेपालमा पुष्टि भएन केही अगाडीसम्म ।
यस्तै भारतमा गत जुन जुलाईतिर बिएफ ७ देखिएको भन्ने कुराहरु छ । तर त्यहाँ चीनमा जस्तो परिस्थिति सिर्जना भएन । अथवा कुनै लहररको विकास भएन । त्यो भोली नेपालमा देखियो भने व्यक्तिगत रुपमा आश्चर्यचकित भने हुँदिन । यो सँगसँगै हामी कति डराउने भन्ने प्रश्न पनि जोडिएर आउछ ।
चीनमा भएको जस्तो हुबहु स्थिति नहोला किनभने केही समय अगाडी भारत, अमेरिका र युरोपमा देखिएको तर त्यहाँ चीनमा देखिएको सव भेरिएन्ट नभएर अरु भेरिएन्टले अघिल्लो भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको भनिएको छ । जस्तै उदाहरणमा एक्सभिभि १.५ को कुरा गर्न चाहे, किनभने यो विश्वमा अलिकति युरोप अमेरिका तिर चर्चा भयो । उत्तर चीनमा बिएफ ७ देखा प¥यो । यसले गर्दा नेपालमा संक्रमण नआउला भन्न सकिने ठाउँ छैन ।
यो कस्तो खालको भाइरस हो, कति घातक छ ?
ओमिक्रोनमा हामीले जुन लक्षणहरुका बारेमा कुरा ग¥यौ, नाकबाट पानी बग्ने हाच्छ्यौ आउने, घाटी दुख्ने, ज्वरो आउने रुघाखोकीसँग मिल्दोजुल्दो छ भनिएको छ । यद्यपी नेपालमा प्रत्यक्ष बिरामी हेर्न पाएका छैनौ । सबैको प्रश्न यहि छ, त्यहाँ कति घातक र यहाँ कति भन्ने ।
चीनमा जति भयो त्यती नेपालमा पनि होला भन्ने कुरामा म विश्वस्त छैन । किनभने चीनमा बिएफ ७ नयाँ भेरिएन्ट बनेको होइन । त्यो भन्दा अगाडी अमेरिका र युरोपमा त्यो सव भेरिएन्ट घुमिरुहेको थियो । तर त्यहाँ त्यस्तो अवस्था भएन । भारतमा पनि कुनै लहर विकास भएन ।
चीनमा विशेष अवस्था सिर्जना भएको थियो जसले गर्दा यो अवस्था आयो होला भन्ने मेरो आफ्नो विश्लेषण छ । त्यहाँबाट जानकारीहरु प्रष्ट आइदिएको भए केही भन्नै पर्दैनथ्यो । त्यहाँबाट कुनै जानकारी नआएपछि आफ्नो तरिकाले विश्लेषण गर्नुपर्दा सम्भवतः यो यो कारणले होला भन्ने बेलाबखतमा मैले भनिरहेको छु ।
कुन उमेर समुहका व्यक्ति यो संक्रमणको जोखिममा पर्ने बढि सम्भावना छ ?
मेरो अनुभवमा यसको पूर्खा ओमिक्रोन नै हो । यी अरु सबै सव भेरिएन्ट मात्रै हुन् । त्यसो हो भने तेस्रो लहरको कारक ओमिक्रोन नेपालमा र ओमिक्रोन सम्भवतः हामीले अनुसनधान गर्दा के देखायो भने डेल्टा वा त्यो भन्दा अगाडीको भेरिएन्ट भन्दा कम घातक छ । ओमिक्रोनले जति छिटो मान्छेलाई संक्रमण ग¥यो उति नै छिटो तिव्र गतिमा यो खस्कियो पनि । त्यो बेला नेपालमा आठदेखि दश जनाको मृत्यु भइराख्थ्यो ।
पहिलेको भन्दा मृत्युदर कम भएपनि मान्छे मरिरहेका थिए । मेरो स्वार्थ के भयो भने त्यो कस्ता व्यक्तिको मृत्यु भइरहेको छ त ? मैले व्यक्तिगत रुपमा अस्पतालको तथ्यांक हेरे । हेर्दा महिला वृद्धवृद्धा । यसो हे¥यो ६५, ७५, ८० वर्ष । दोस्रो के देखियो भने कुनै न कुनै रोग जस्तै उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर लगायतका रोग भएका थिए । तेस्रो, सबैभन्दा महत्वपुर्ण खोप नलगाएका वा पुरा नगरिएकालाई आमिक्रोनले जोखिममा पारेको थियो । यो अस्पतालमा हामीले प्रत्यक्ष देखेको कुरा हो ।

त्यही समयमा हङ्गकङ्गमा ओमिक्रोनले भटाभट मान्छेहरु मरे । मैले त्यहाँको डाटाहरु पढ्न थाले ९० प्रतिशतले त्यहाँ खोप नै लगाएका रहेनछन् । त्यहाँ पनि वृद्धवृद्धा र खोपप्रति आशंकित भएर नलगाएकाहरु रहेछन् । मैले दुई देशको उदाहरण किन दिए भन्दा, अब म चीनतिर जोडिन जान्छु ।
त्यहाँ पनि युवाहरुको मृत्यु नभएर अथवा अस्पताल भर्ना हुने अवस्था सिर्जना नभइकन बुढाबुढी नै छन् । समाचारहरुमा त्यस्तो देखिन्छ । म चीनको होइन उसले डब्लुएचओलाई पनि डाटा दिएको छैन । सम्भवतः यहि केस भयो होला । चीनमा बुस्टर लगाएको पनि लामो समय भयो । हामी नेपाल, युरोप, अमेरिका र भारततिर के भयो भने भर्चुअली जनस्वास्थ्यको मापदण्ड कतैपनि लागू छैन ।
१७ वटा सव भेरिएन्ट, अब विचार गर्नुहोस् । छोटै समयका लागि सहि तर इन्फेक्सन के हुन्छ । हामी एकअर्कामा खुकुलो भएर आफुमा भएको भेरिएन्ट आदानप्रदान गरिरहेका छौ । खोपले कम गर्ने त भयो नै सँगसँगै प्राकृतिक रुपमै इन्फेक्सन पनि भइरहेको छ । हुबहु चीनको जस्तो नहोला भन्नुको कारण ती कारणहरुलाई आधार मान्न सकिन्छ ।
यी १७ वटा सव–भेरिएन्टको जोखिममा खोप लगाएकाहरु प्नि पर्न सक्छन् ?
खोप लगाएर संक्रमण नहुने होइन । यसले संक्रमण हुन सक्ने जटिल अवस्थालाई कम गर्ने मात्र हो । अथवा सय प्रतिशत मृत्युलाई घटाउने हो । भनेको, खोप नलगाएको भए ७० देखि ८० प्रतिशत विरामी हुन्थे भने खोप लगाएपछि विरामी हुनेको प्रतिशत घटेको छ । कतिपयले खोप लगाएपनि घाटी दुख्ने, ज्वरो आउने हुँदोरहेछ भन्ने गरे तर यदि नलाएको भए त्यही लक्षण कडा रुपमा देखिन्थ्यो । हामीले यसरी बुझ्नुपर्ने हुन्छ । खोप लगाइसकेकालाई संक्रमण भएपनि जटिल अवस्थामा जाने स्थितिलाई धेरै कम गरेको अनुसन्धानले देखाएको छ ।
नेपालमा यो भेरिएन्ट भित्रन नदिन के गर्नुपर्ला ?
हङ्गकङ्गमा देखिएको समस्या नेपालसँग मिल्यो । चीनमा अनुमान गरेको पनि लगभग त्यही हो । अब पहिलो र महत्वपूर्ण भनेको जसले खोप लगाउनु भएको छैन, विशेषगरी वुष्टर लगाउनु भनेको । दुई डोज धेरैले लगाएका छन् । करिब ८० प्रतिशतले लगाएका छन् । जब बुस्टर लगाउने समय आयो त्यो २७ प्रतिशतको हाराहारीमा आएर खुम्चिएको छ ।
भारतमा पनि २७ देखि ३० प्रतिशतले मात्रै लगाए । दुईवटा खोप लगाउदा थप सुरक्षित हुन सकिन्छ । १७ वटा सव भेरिएन्ट घुमिरहेको छ । तर जम्मा २७ प्रतिशतले मात्रै दुई डोज लगाएको स्थिति छ । दुई डोजले मात्रै पनि धेरै राम्रो काम गर्दो रहेछ । धेरै जना एक डोज मात्रै खोप लगाएर छोडेका पनि छन् । दुई डोज लगाएर थप एक बुस्टर लगाउनु भयो भने थप सुरक्षित हुन सकिन्छ ।
यसमा विशेष गरेर ओमिक्रोन अघिल्लो भेरिएन्ट भन्दा कम घातक भन्दै गर्दा त्यसले जेष्ठ नागरिक, दिर्घरोगी र खोप लगाएका तर पुरा नगरेकालाई समस्या ल्याउछ । त्यसैले पुरा मात्रामा खोप लगाउनुस् । जनस्वाथ्यमा मापदण्ड पुरा भए सहज हुन्छ । तर व्यवहारिक रुपमा धेरै समस्याहरु छन् । माक्स लगाएर हिड्ने श्वासप्रश्वासबाट सर्ने कुरालाई रोक्न सकिन्छ ।
हामी नागरिकले पनि स्वास्थ्यका मापदण्डलाई अनुशरण गर्दै जाने हो भने सबैलाई फाइदा हुन्छ । माक्स लगाएर हिड्दा केही बिग्रदैन यसले कारोना भाइरसबाट नभइ धुवाधुलोबाट पनि जोगाउछ । लुकेर घरै बस्नुपर्ने स्थिति छैन तर स्वाथ्यको मापदण्ड अपनाउदै कार्यमा निरन्तर लाग्न सकिन्छ ।
यो संक्रमणको जोखिम दरलाई न्युनिकरण गर्न सरकारलाई केहि सुझाव छन् कि ?
नेपालमा कोरोनाको अवस्था के छ भनेर निरन्तर रुपमा परिचालन गर्न प¥यो । उदाहरणका लागि नेपालमा १७ वटा सव भेरिएन्ट रहेछ भन्ने कुरा अस्ति मात्रै जानकारी भयो । सबै भेरिएन्ट विदेशमै बनेर नेपालमा प्रवेश गर्छ भन्ने छैन । नेपालमै पनि नयाँ भेरिएनट बन्न सक्छ । काेराेनाकाे सम्पूर्ण चुनौती हटिसकेको अवस्था छैन ।
परिक्षणलाई निरन्तरता सरकारले दिनुपर्छ । दोस्रो सबैले पूर्ण मात्रामा खोप लगाउनुपर्छ र तेस्रो नागरिकले पनि आफ्नो स्वास्थ्य परिक्षण गर्नुपर्छ । नेपालमै पनि खोप निर्माण गर्नुपर्ने हुन्छ । किनभने हामी २१ औं शताब्दीमा प्रवेश गर्दै गर्दा नयाँ नयाँ रोगहरु देखा पर्दैछन् । अफ्रिका, अमेरिका, चीन लगायत देशमा देखिएको रोग नेपालमा नदेखिएला भन्ने छैन ।

अप्ठ्यारो अवस्थामा खोप कति महत्वपूर्ण रहेछ भन्ने कुरा हामीले देख्यौ । मान्छेहरु सबै खोपकै पछाडी दगुरे । भारतको सेरोम इन्सिच्युड अफ इण्डिया भन्ने कम्पनीले अन्य कम्पनीसँग सहकार्य गरे कोभिसिल बनायो । उसले नेपाललाई पनि दियो । त्यो पछि भारतले रोकिदियो त्यो रोक्दाखेरि धेरै मान्छेहरुको मृत्यु भयो ।
खोप लगाउन पाएको भए त्यति क्षति भारतले बेहोर्नुपर्दैनथ्यो । भारत, अमेरिकाको कम्पनहिरुसँग सहकार्य गरेर नेपालले आफ्नै खोप बनाउनमा ध्यान दिनुपर्छ । राज्यले नागरिकको सुरक्षाको तयारी गर्नुपर्छ । भवितभ्य सिर्जना भएपछि मात्रै काममा लाग्ने होइन भन्ने कुरा सोच्नुपर्ने भएको छ । आज कोभिड आयो , भोली अर्को केही संक्रमण आउन सक्छ । त्यसको तयारीमा पहिलेदेखि नै लाग्न सकियो भने मानविय क्षतिलाई कम गर्न सकिन्छ ।