• शुक्रबार, साउन ८ २०८३

पार्टनरको कथा…


बुधबार, माघ २५ २०७९
1.5K
Shares

किरण राज पाण्डेय

सन २००६ को कुरा हो । एकिन तिथी मिति याद छैन । बुधबार दिउसोको समय थियो । अफिसमा काम गदै थिए । एउटा एस.एम.एस आयो । लेखिएको थियो “शुक्रबार बेलुका ५ बजे “रिन्चेन दोर्जे”को मा आउनु । नम्बर सेभ थिएन । घेरैबेर म्यासेज हरिरहे । लेखाई, शब्द तथा स्थान चिरपरिचित लागे पनि पठाउने मान्छे को थिए ठयाक्कै एकिन गर्न सकिन । एकछिनमा कलब्याक गरे, फोन स्वीच अफ छ भन्ने सन्देश आयो । त्यसपछि घेरै बेर सम्म सोचिरहे तर अह ठम्याउनै सकिन ।

म होटेल भित्र पुग्दा म्युजिक सिस्टममा फत्तेमान गाउदै थिए  “तर…………… तिम्रो न्यानो माया…………. अझै पनि न्यानो लाग्छ , बसन्तको हरियाली” । उभिएर चारैतिर हेरे । काउन्टरमा बसेका रिन्चेन मलाई देखेर हास्दै आए । घेरै पछि आईस त हो दा¨ाली कान्छा , कहा थियो यत्रो बर्ष । रिन्चेन मलाई सानै देखी द¨ाली होइन दा¨ाली भन्थे । मैले स्पष्ट उच्चारण गराउन धेरै कोशिस गरे तर सकिन, उनको बोल्ने लवज नै त्यस्तै थियो । “यतै” मैले हास्दै जवाफ दिदा उनले चित्त दुखाएको मैले स्पष्ट बुझे । “लखनऊ तिर थिए हो ,८–१० दिन भयो आएको” मैले हतारहतार जवाफ फेरे पछि बल्ल उनी स्वभाविक भए ।  

“पढाई भ्यायो” उनले सोधे “ छैन ” मैले भन्न के भ्याएको थिए, उनी कडकिए “के के गर्छ, के के गर्छ यो केटाहरु नापढिकन, दुख गर्नु परेको भए थाहा पाउथ्यो ” । मैले चुपचाप सुने, केही बोलिन । “हाम्रो दुबै जाना अमेरीका गयो , यतै बस, पढ भनेको मानेन, दुबै गयो दुख पाउन , अहिलेको केटाहरु के मान्थ्यो र हामीले भनेको” बुढा फतफताई रहे । मैले उनका दुबै छोराहरु टासी र छिरि¨ अमेरिका गएको अरु कसैबाट थाहा पाईसकेको थिए ।

रिन्चेन हाम्रा जेठाबाका उमेरका थिए । एकान्तकुना खरिबोट छेउमा उनको रेष्टुरेन्ट थियो । उनले आफनै नाममा रेष्टुरेन्टको खोलेका थिए “ रिन्चेन दोर्जे ”  । तिब्बतीयन रिफयुजी क्याम्प नजिकै उनको बसोबास थियो । उनी पनि तिब्बतीयन रिफयुजीहरु मध्येका एक थिए । उनका छोरीहरु तिरका ना– नातिनीहरु पनि विहेवारी भैसकेका थिए । अघिकासं अमेरीकामा थिए । छोराहरु चाहि बुढेसकालमा जन्मिएका थिए ।

भान्जा भान्जीहरु मामाहरु भन्दा जेठा थिए । म उनका छोराहरु टासी र छिरि¨कै उमेरको भएकोले होला उनी मलाई निकै माया गर्थे । जिवनमा पहिलो पटक बफ मःम र बियर मैले रिन्चेनको मै खाएको हु भन्नुपर्दा मलाई कुनै लाज्जाबोध छैन । उनले बनाउने मःमको स्वाद भिन्न खालको छ जुन आज सम्म मेरो जिब्रोमा झुन्डीएको छ । म उनीकहा एस.एल.सी. दिदा सम्म गैरहन्थे । पछी कलेज पढदा र बागडोलमा बस्दाका दिनसम्म म रिन्चेन कहां गैरहन्थे तर बानेश्वर सरे पछि जान छोडेको थिए । ठाउ छाडे पनि मैले  मःम खान र बियर पिउन चाहि छोडेको थिईन ।

“उ भित्र जा” रिन्चेनले भनेपछि पो म झल्यास्स भए । ओहो म त कसैलाई भेटन पो आएको हु भन्ने सम्झदै म भित्रको कोठामा छिरे । उ आइसकेको थियो र एउटा टेवलमा रवाफिलो पाराले बसेर बियर पिउदै थियो । उ अर्थात, मेरो पाटनर । “लौ, कहिले हो आ को” मैले सोधे किनकी मैले उ अर्थात पाटनर हुन सक्छ भनेर कल्पना पनि गरेको थिईन । “पहिले बैठो तो सही” उसले हिन्दीमा बोल्दै मलाई भन्यो  । “उस्तै रहेछ बानी, कहिले परिवर्तन नहुने” भन्ने सोच्दै म कुर्शीमा बसे ।

उसले अर्को बोतल बियर र मःम मगायो । चिसो बियर र मःम आएपछि पिउने क्रम शुरु भयो । हल्का गुड मुडमा पुगेपछि ग्लास टेबलमा राख्दै उसले भन्यो “तिन बर्ष दिल्ली बस्दा मैले तिमीलाई धेरै मिस गरे , तिमीसंग जसरी अरुसंग कम्फटेबल भएर धुलमिल हुन गाह्रो हुदोरहेछ यार । मन मिल्नु पर्ने रहेछ यार पाटनर बुझियौ, यू आर ए भेरी गुड हयूमन बिइ¨ यार मिस्टर पाण्डे ” उ अरु के के भन्दै थियो ।

“आई नो दयाट” भन्दै मैले बिचमै कुरा काटे र सोधे  “कहिले आ को तिमी” ।
“अस्ति राती १० बजे नेपाल पुगे” उसले छोटकरीमा सुनायो ।
“कति बस्छौ अब” मैले सोधे ।

“अर्को बुघबार मेरो यु.एस.को फलाईट छ यार, आज दिउसो टिकट बुक गरे” । उसले त्यस्तो भन्दा म आश्चार्यचकित परे । “ फेरी फकेर दिल्ली जाने मन छैन, त्यही भएर मैले उतैबाट यु.एस.मा मास्र्टस पढने भनेर अप्लाई गरेको थिए र बिचमा आएर इन्टरभ्यू दिएको थिए, अस्ती एककासी एम्बेशीबाट कम एण्ड कलेक्ट योर भिजा भन्ने कल आयो अनि दौडिएर अस्ती नै आए” । उसले आउनुको उदेश्य एकैपटक सुनायो ।

“एण्ड हवाट एवाउट नेहारिका दास” भनेर मैले सोधेपछि उ भावुक बन्यो ।
उ पटक पटक बिदामा नेपाल आउदा मलाई फोन गरेर भेटन बोलाउथ्यो र हामी रिन्चेनको मै बियर पिउथ्यौ । बियरले लठ्ठ भएपछि हामी बिच उसकी एस.एम.एस प्रेमीका र नेहारिका दासका कुरा हुन्थे । उ भावुक हुदै आफनो प्रेम कहानी सुनाउथ्यो, म उ भन्दा नि भावुक हुदै थप बियर मगाउथे । उ ठिक्क पिउथ्यो , म मस्तराम थिए, पिउने कलामा । भन्नुपर्दा मदिराशास्त्रमा उ भखरै म्याट्रिक्स गदैथियो भने म डिग्री सक्नका लागी थ्यसिस लेख्दै थिए । धन्न थ्यसीस मै रोकिय, पि.एच.डी गरेको भए कुन दुनियामा हुन्थे होला । मदिराशास्त्रबाट अब सन्यास लिने मन छ  । मदिराशास्त्रको बारे पनि एक दिन लेखनेछु ।

म कलेजका शुरुका दिनहरुमा बागडोलमा बस्थे । त्यो हाम्रो आफन्तको घर थियो, उहाहरु सानेपामा रहेको अर्को घरमा बस्नुहुन्थ्यो । पूरा घर भाडामा थियो ,म मथिल्लो तल्लाको दुई कोठामा बस्थे । एउटामा किचेन थियो र अर्कोमा बेडरुम  । बिचको तल्लामा उ आफनो परिवार साथ बस्थ्यो । आमा र बहिनीसंग । तल्लो तल्लामा चितवन तिरका एक परिवार बस्थे । म त्यहा बस्न जानु पूर्व नै उनिहरु त्यहा बस्न थालिसकेका थिए ।

उसको र मेरो उमेर उस्तै थियो, उसको मिजास हसिलो थियो तर बोलि ठाडो थियो । उसले चेपारे बोली बोल्न जान्दैनथ्यो सायद त्यसैले होला उ धेरैसंग मिल्न सक्दैनथ्यो । उसका साथीभाई थोरै थिए तर उ मनको भने सफा थियो र सहयोगी पनि । मेरो र उसको कलेज, बिषय ,साथीभाई सबै फरक भएपनि हामी बिस्तारै मिल्न पुग्यौ वा भनौ हाम्रो मन मिल्यो र नजिक भयौ । म काम, पढाई एकै साथ गर्थे त्यसैले बाहिर ज्यादा र कोठामा कम हुन्थे । म कोठामा आउनासाथ उ आईहाल्थयो र चुरोट सल्काउन थालि हाल्थयो ।

किरण राज पाण्डेय (लेखक)

कहिलेकाही उ मेरो काममा पनि सघाई दिन्थयो , खाना बनाउने , रुम सफा गर्ने इत्यादीहरुमा । हामीलाई बियर पिउन मन लागेको दिन हामी बियर, मासु र अन्य सामान  किन्न संगै जान्थ्यौ । मासु पसलेसंग उसको सधै ठासठुस पथ्र्यो । पैसा तिरेपछि राम्रो सामान लिनुपर्छ, जस्तो दियो त्यस्तै लिनुहुदैन भन्ने उसको सोच थियो । हामी कोठामा मासु, स्नयाक्स, खाना मिलेर बनाउथ्यौ । पिउने दिन चाहि उसले खाना खाए पछि माथी सुत्न जान्छु, पाटनरको टाउको दुखेको छ रे भन्ने बाहना बनाएर आउथ्यो र हामी पिउन शुरु गथौ । रातभर किशोर कुमार, जगदिश सिह र लता मंग्ेश्वरका गाना सुनेर बस्थ्यौ । यसरी नै हामी एक अर्काको पाटनर बन्यौ ।

तिनताका साना मोबाईल हुन्थे । ऐन्डोयीड सेट थिएनन । फोन र एस.एम.एस मात्र हुन्थे । नयां साथी बनाउने एस.एम.एस. पनि एउटा माध्यम थियो । त्यसै ताका उसको एउटा अपरिचित युवतीसंग प्रेम थियो । उनीहरु एकअर्का सगं एस.एम.एस मार्फत नियमित रुपमा सम्पर्क गर्थे । तर एकअर्कालाई फोन भने गरेको मैले कहिल्ले थाहा पाईन । फोन नगर्ने र नभेटने र्शतमा उनीहरुको मित्रता भएको थियो रे । युवतीले यी र्शतहरु मान्ने भए मात्र साथी बन्न सक्ने कुरा प्रष्ट पारेकी थिईन रे । उसले हुन्छ भनेको थियो रे । उसले मलाई यो प्रेम कहानी एक दिन सुनाएको थियो । प्राय बेलुका उ म कहां आएर मेसेज गर्थो । दैनिक यस्तै ४–५ मेसेज वार्ता हुन्थे र सो समाप्त गरेपछि उ सुत्न जान्थ्यो ।

एकदिन बियर पिउदै गर्दा उसको मेसेज आएको थियो । मोबाईल मेरो हातमा थियो ।
“के गदै” उनले सोधेकी थिईन ।
“बिहेको तयारी”  मैले उत्तर दिएको थिए ।
“कस्को ” उनले पुन सोधेकी थिईन ।
“आफनो”  मैले उत्तर दिएको थिए ।
“जन्ती जान बोलाएनउ त” उनले पुन सोधेकी थिईन ।
“नाम, ठेगान थाहा नभएको मान्छेको कार्ड कहा लगेर छाडनु भनेर नबोलाएको ” मैले उत्तर दिएको थिए ।
एकछिन पछि उनले  ”ए …..भर्खर बिहे गदरैहेछौ …. म त बूढो मान्छे सोचेकि थिए” लेखेर पठाइन ।
मैले तुरुन्तै  “कहा कुमार केटा हुनु र ,यो मेरो सातौ बिहे हो”  लेखेर पठाइदिएको थिए ।

त्यसपछि कुनै रिप्लाई आएन । यस रात हामीले रमाइलो गदै बियर पियौ । त्यसको एकसाता सम्म उनले कुनै म्यासेज पठाइनन । अनी पाटनरले आफै एक साता पछि “कता गाएब” लेखेर पठायो । उनले  “ बिहे गरेर हनिमुन पिरियडमा भएको मान्छेलाई के डिस्टर्ब गर्नु  त”  लेखेर जवाफ पठाईन । त्यसपछि उनीहरुको अपरिभाषित प्रेम कहानी पुन शुरु भयो र त्यसपछि उनीहरु एकअर्कासंग नजिकन थाले ।

४ बर्ष यसरी नै चल्यो, न उसले फोन गरयो, न भेटने प्रस्ताव । यसै बिच म बिभिन्न कारणवश बागढोल बाट बानेश्वर सरे । पछि उ दिल्ली पढन जाने भयो । हामी उसलाई उडाउन एयरपोट पुगेका थियौ । प्लेन ३ घण्टा ढिला उडने सूचना आयो । त्यसैबिच उसले एस.एम.एस मार्फत उनलाई “पढन दिल्ली जान लागेको , फलाईट ३ घण्टा ढिला भएको र एयरपोटमा रहेको” जानकारी गरायो । उनले तुरुन्तै “एक पटक फोन गरेर वा भेटेर जान पनि त सक्थयौ नि, तरपनि गुड लक , नेपाल फर्केको बेला जसरी नि भेटनु, विल वि मिसि¨ यू, टेक केयर” लेखेर पठाईन ।

मेसेज हेरेर उसले नदेखिने तरिका ले आशु पछयो र स्वभाभिक हुन कोशिस गदै भन्यो “के हो के हो यार, आफै  फोन नगर्नु, नभेटनु भन्छे,, फेरी किन नभेटेको भन्छे, केटीहरुलाई बुक्ष्न गाह्रो छ यार पाटनर” । “यस्तै हो धेरै टेन्शन नगर, केटीहरुलाई बुक्ष्न दुई पेग लगाउनु पछर्” भन्दै मैले सान्तवना दिए । उ केही बोलेन । केही बेर पछि उसले चेक ईन गरयो र म बिदाईको हात हल्लाउदै फकिए ।

दिन बित्दै गए म काम, पढाई मै बस्त थिए । एकदिन पाटनरले फोन गरयो र भन्यो “म काठमान्डूमा छु ,जरुरी छ, आजै भेटौ ” ।
“कहा भेटने रिन्चेनकोमा” मैले सोधे ।

“होइन, होईन मैले पिउन छाडीसके , बरु दरबार मार्ग निरोलाजमा आउ, बटर स्कच  खादै कुरा गरौला” उसले भन्यो ।
“मैले कहां पिउन छाडेको छु र बरु जवलाखेल बेकरीमा आउ म बियर पिउला तिमी आईसक्रिम खानु” मैले भने ।
“ओके ओके” उसले भन्यो र बेलुका ५ बजे भेटने सहमति भयो ।

म पुग्दा उ बियर पिउन थालिसकेको थियो ।
“अब पिउन्न भन्या होईन र” मैले सोधे ।
“तिमीलाई साथ दिन” उसले छोटो उत्तर दियो ।
मैले कुर्शी तान्दै सोधे “के कुरा हो भन न , टनसनमा छौ जस्तो छ त” ।
“उसको नम्बर छ तिमीसंग” उसले सोघयो ।
“कसको ” मैले सोधे ।
“यार एस.एम.एस.” । यसले यति मात्र भन्यो ।
“किन र छैन”  मैले. उसकी एस.एम.एस. प्रेमिका भन्ने बुझीहाले ।
मैले जाने बेलामा सिम बहिनीलाई दिएर गएको थिए , उसले सिम फमयाट गरिछ यार , अहिले त उसको नंम्वर नै सेभ छैन । “अनी सेट नी ” मैले सोघे ।
“त्यही त यार, मैले दिल्लीमा नयां सेट किन्ने बेला त्यो पुरानो सेट एकसचेँन्ज गरेको थिए ” उसले भन्यो ।
उसलाई कसैको नम्वर पनि कण्ठ थिएन । मैले घेरै पटक सम्झाएको थिए , आफुलाई चाहिने नम्वर कण्ठ पार यार, मोबाईल नहुदा काम लाग्छ भनेर । दिमागलाई किन बोझ दिने, मोबाईलमा छदै छ नि ,उ यसै भन्थ्यो । र आज बल्ल उसले बुक्ष्यो कसैको नम्बर कण्ठ गर्नुको महत्व ।
“अब के गर्ने यार , एकपटक त भेटनै पर्ने हो ” उसले भन्यो ।
उ निकै चिन्तित देखियो । के गर्ने, के नगर्ने को दोसाघमा उ उभिएको थियो । न नाम थाहा थियो, न ठेगाना, बस एउटा मोबाईल नम्बर थियो , त्यो पनि हरायो , अब यो बिरानो शहरमा उसलाई के भनेर खोज्ने, कहां खोज्ने । उ केही सोच्न सकिरहेको थिएन । केही त उपाय निकाल यार, उसले भन्यो ।

तिमी भोली रानी पोखरीमा हामफाल, दिउसो संगै जाउला, तिमीले हाम फाल्नासाथ म पुलिस बोलाउछु अनी रस्कयू गराउछु । कान्तिपुरमा तिम्रो डिटेल कहनी छाप्न लगाउछु , यसकारण आत्महत्याको प्रयाश भन्ने न्युज आउछ , उसले पक्कै पढनेछे र हतार गदै तिमीलाई भेटन हस्पिटल आउने छे । बच्यौ भने  भेट हुन्छ, मरयौ भने टन्टै साफ । मैले भने तर
उ हास्यो मात्र अनि हामी छुटियौ । र त्यपछि यो प्रेम कहानीको अन्त्य भयो । बिचमा उ २–४ पटक बिदामा आउदा र भेटहुदा नेहारिका दासका कुरा गरिरहन्थयो । एउटा कुरामा भने म ढुक्क थिए नेहरिका दासको प्रेममा परेपछि उसले एस.एम.एस. प्रेमिकालाई भने बिसिसकसेको थियो ।
“नौ बजेछ यार , अ भन नेहारिका संग के भएो” मैले सोधे ।

म नेपाल आउदा उ एयरपोटसम्म पुरयाउन आएकी थिई । उसले “यू विल अबलेज बि इन माई हार्ट एज ए ट्रु फेन्ड , आई विल बि मिसि¨ यू , टेक केयर” भन्दै अ¨ालो हाल्दै रोएकी थिई  ।  उसले भन्यो ।
“अनी” मैले सोघे ।
“अनी के , यू आर वन अफमा माई बेस्ट फ्रेन्ड भनेपछि के पपोज गर्ने त यार, म केही बोलिन ” उसले सुनायो ।
“अब के गछौ त यार” मैले सोघे ।
“अब अमेरीका जान्छु र सब बिर्सन्छु यार” । उसले भन्यो ।
आफुसंगै आफनो मन पनि त जान्छ नि यार, जे होश तिमी कसैलाई बिश्वाशघात गर्न सक्दैनौ त्यसैले
तिमीले सधै आफुलाई सम्हाल्नु पर्छ यार” । मैले भने । उ केही बोलेन । त्यसपछि हामी छुटियौ ।

मलाई उसको धेरै माया लाग्यो । सोचे बिचरा उसले कहिल्यै कसैको नराम्रो सोचेन, चोखो मनले माया गरेको थियो तर दुबै पटक उसको भाग्यमा प्रेम भन्ने चिज जुरेन ।

उ जाने दिन मैले रिन्चेनलाई पनि संगै लगेर एयरपोट गए । हामी जादा उ, आमा, बहिनी र उसका नातेदारहरु आईसकेको रहेछन । मैले उसलाई एउटा बनाना रिपब्लिक को टि सर्ट किनिदएको थिए ।  रिन्चेनले उसलाई खादा लगाई दिए । रिन्चेनले पनि उसलाई कोशेली दिए, के ल्याएका थिए कुन्नी मैले सोधिन । चेक ईन गर्नु पूर्व उसले आखा भरि आशुलिदै हामीसंग बिदाईको अ¨ालो मारयो । त्यसपछि रिन्चेन र म फकियौ ।

पछि  हामी फेशबुकमा जोडियौ । बेला बेलामा भिडियो च्याट हुन्थयो । एक दिन उसले भन्यो म अर्को महिना नेपाल आउदैछु , तिमीलाई के ल्याईदेउ पाटनर । मैले केहि पदैन भने । क्याटरपिलर पठाईदिउ कि बनाना रिपब्लिकको टि सर्ट उसले हास्दै सोध्यो । कुनै समय म क्याटरपिलर जुत्ताको सौखिन थिए । मैले स्टिल टो भएका प्राय सबै मोडेलका क्याटरपिलर जुत्ता लगाईसकेको थिए । सायद त्यसैले उसले त्यसो भनेको थियो । पदैन पदैन  तिमी आउ भन्दै मैले टारे ।

उ बिहे गर्न आएको रहेछ । एउटा रेबन एभिएटर चश्मा लएाईदिएको थियो । लगाएर हेरे राम्रै सुहाएको जस्तो लाग्यो । किन दुख गरेको यार मैले चश्मा लएाईदिएको कुरामा भने । हयाया राखन उसले भन्यो । आफनो माईजुको दिदीको नातेदार संग उसको बिहेको कुरा चलेको रहेछ । ३ ४ महिना देखी लभ अफेयरमा रहेछन ।

उसले ब्याचलर्स पाटी गरुर्यो । त्यसैबेला मैले उसलाई सोघे ”उनले तिमीलाई मन पराएको हो कि तिम्रो ग्रिनकार्डलाइर्” । उ हास्यो मात्र केही बोलेन किनकी उसले ग्रिनकार्ड पाएको एक बर्ष पनि भएको थिएन । हाहाहा दुबैलाई । उसले हास्दै भन्यो । बिहेमा थोरै जन्ती गएका थियौ तर रिस्सेपसन पार्टी निकै भब्य गरेको थियो उसले । बिहेमा रिन्चेन पनि जन्ती गएका थिए । रिन्चेनले बाहुनको बिहेमा भोटे जन्ती भन्दा हामी मरि मरि हासेका थियौ । बिहे लगतै  उ अमेरीका फकियो । केही महिना पछि श्रीमती पनि गइर्न ।

कहिले काही म्यासेन्जरमा कुरा हुन्छ । उसलाई पारिवारिक सुख छ जस्तो लाग्यो । २ु बर्षको छोरा र ५ बर्षकी छोरी रहेछन । भजिनियामा नया घर किनेको रहेछ । उसको घर गिह्रथी राम्रो संग बसेकोे सुन्दा खुशी लाग्यो ।
एकदिन उसले म्यासेन्जरमा फोन गदै भन्यो “मेरो साथी नेपाल आउदै छ, भन के पठाईदिउ पाटनर, आई फोन कि स्कच” । “पदैन पदैन केही पदैन, तिमी खुशी छौ, यही नै मेरो लागी प्रयाप्त छ” , मैले भने ।
“हैन केहि त भन्नै पर्छ , म मान्दै मान्दीन” उसले भन्यो ।

त्यसो भए मलाई एउटा बनाना रिपब्लिकको टि सर्ट पठाईदेउ, मैले तिमीलाई दिएको जस्तै । मैले भने ।
“हाहाहा” गदै उ हास्यो मात्र । खासमा मैले प्राय सजिलो हुने भएकोले बङ्गाली कटनको प्रिन्ट भएको त्यस्ता टि सर्ट लगाउथे । प्राय ति सस्ता र हल्का खालका हुन्थे । त्यसैले मैले त्यस्तै हलुका खालका टि र्सट  मागाएको थिए ।
त्यसपछि हाम्रो सम्पर्क भएको छैन ।।

केही समय पछि एकदिन म अशन तिर धुम्दै थिए, एउटा पुरानो साथी भेट्टिए उनी अमेरिकाकाट भखरै नेपाल आएका रहेछन । कुराकानीको क्रममा मैले उनिसंग पाटनरको हालखबर सोघे ।
उनीबाट थाहा पाए पाटनरकी श्रीमती एउटा नेग्रोसंग लागेर डिर्भोस फाईल गरेर छोरा छोरी लिएर अन्तै बस्न थालेकी रहिछन । उनले यो पनि सुनाए पाटनर घेरै बिक्षिप्त भएर निकै पिउन थालेका रहेछन र उनी प्राय उदाश भई खासै कसैसंग बोल्न मन नपराउदा रहेछन  भन्ने कुरा ।

मलाई पाटनरको हालत सुनेर निकै दया लाग्यो । अरुलाई जे जस्तो भए पनि मेरो लागी प्रिय थिए, एउटा असल मानिस थिए, उनले कहिले कसैलाई आघात पुरयाउने काम गरेनन न त उनले कहिल्यै कसैको भावनासंग खेले तर उनी माथी नै यस्तो पर्न गएको थियो । बिघिको लेखा न हो जसले सघै आर्दश र चोखो प्रेम गर्छ खै किन हो मानिसहरु उसकै भावनासंग खेलेर जान्छन ।
घर आएर मैले म्यासेन्जरमा थुप्रै पटक फोन टाई गरे । तर फोन उठेन । थुप्रै म्यासेज पनि पठाए तर उनले रिप्लाई गरेनन ।
आज सोचिरहेछु बिचारा पाटनरले कसैको भावाना संग खेलेनन । उनले तिन तिन पटक गरेको चोखो प्रेममा भाग्यले उनलाई ठगीरहयो । साच्चै चोखो प्रम गर्नेहरुलाई सघै भावीले ठगी नै रहेको हुन्छ ।

त्यसपछि हाम्रो कुरा भएको छैन । कुनै दिन भेट भयो  वा फोनमा कुरा भयो भने भन्ने छु,
“पाटनर तिम्रो र मेरो कथा उस्तै छ, तिमीले आफनो सबै कुरा मसंग शेयर गरयौ तर मैले आफनो कुनै पनि कुरा तिमीसंग शेयर गर्न सकेको थिईन । तिमी तिन फरक फरक ब्यत्तिका कारण छिया छिया हुने गरि टुटयौ, मलाई भने एकै ब्यत्तिले तिन तिन पटक कहिल्यै  नजुटने गरि टुटाएर गईन । तर मन भित्रको पीडाका घाउहरु मन भित्रै लुकाएर पनि म बाच्न विवश छु । म भाग्न चाहन्छु यहां बाट टाढा कतै र र्बिषन चाहन्छु मैले भोगेका ती यथार्थहरु तर बिवश छु आफैसंग, न म चाहेर बिर्षन सक्छु न म चाहेर उनीको संम्झनामा खुशी हुन सक्छु । बश यही बिवशतामा अल्झिएको छ मेरो जिवन र पनि म हासीरहेकै छु ,बाचिरहेकै छु ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार