सुर्य न्यौपाने
आजभोलि सबैतिर बैंकले धेरै नाफा गर्यो, अकुत कमायो, व्याजमा लुट मच्चायो त्यसैले यो राज्यमा राहत दिन सक्छ त बैंकले दिन्छ, बैंकले केही महिना नाफा नगरे हुन्छ भन्ने जस्ता भ्रामक, अपुस्ट र पुर्बाग्रहि बिचारहरु पढ्न र सुन्न पाईन्छ ।
यो बैंकिङ उधोगमाथिको कुदृस्टी हो । उधोगले रास्ट्रलाई पुर्याएको प्रत्क्षय/अप्रत्यक्ष योगदानलाई भुलेर आज राज्य, नियामकिय निकाय तथा केही आफैं खाउ, आफै लाउ र आफै मोजमस्ती गरुँ भन्ने सोचाईबाट ग्रस्त व्यावसायीहरुको कारणले गर्दा देश भित्रै बैंकको प्रतिस्ठा, यसको महिमामा आच त पुगेको छ नै, अझ यसको अस्तित्व नै धरापमा पर्ने होकि भन्ने चिन्ता बढ्दो छ ।
यहानिर बुझ्नुपर्ने कुरा के छ भने बैंक पनि व्यवसाय हो, बैंक सन्चालनका लागि पनि लगानिकार्ताहरुले आफ्नो पुजि लगाएका हुन्छन्, यसले पनि सामाजिक सेवा र उत्तरदायित्व पूरा गरेर नाफा आर्जनका लागि काम गर्छ, अर्थतन्त्र चलायमान बनाउनका निम्ति प्रमुख भुमिका खेल्दै साना साना छरिएर रहेका बचतहरुलाई एकीकृत गरि पुजि निर्माण गर्छ र पुनः परिचालन गर्छ ।

बचतकर्ताहरुलाई पनि व्याज भुक्तानी गर्नुपर्ने हुन्छ, नाफा भनेको बचतमा दिने व्याज र कर्जा लागनिबिचको व्याजको फरकमा सम्पुर्ण खर्च घटाएर बच्ने पैसा हो । आजको दिनमा हेर्दा सम्पुर्ण खर्च र करपछिको बैंकको आम्दानी भनेको औसतमा १५%/१६ प्रतिशत लाभांश क्षमता हो । र यसकै पछि सबै किन कुदिरहेका छन् । अहिले सतहमा आएको कुरा कर्जामा २% व्याज घटाउनुपर्ने निर्देशन, ३% घटाउनुपर्ने व्यवसायीको माग, पूरा नभए आन्दोलनमा उत्रने धम्की लगायतका छन् ।
बैंकहरुले चैत्र मसान्तसम्म पाकेर भुक्तान भएको व्याजको १०% छुट आफ्ना ग्राहकहरुलाई फिर्ता गर्न प्रक्रियामा गईसकेका छन्, बन्दाबन्दी सुरु भएदेखिनै सम्पुर्ण डिजिटल बैकिङ तथा बिधुतिय कारोबारमा लाग्ने शुल्क निशुल्क दिएका छन्, प्रकृति हेरि कर्जाको किस्ता तथा व्याज भुक्तान गर्ने अबधी असारसम्म पुगेको छ, यस बिचमा अन्य व्यवसाय जस्तै बैंकहरुपनी बन्द छन्, व्यापार सुन्यप्राय छ र यसबाट पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष नोक्सानी त छदैछ तर कति होला भन्ने आन्कलन गर्न समेत सकियको छैन । यी तथ्यकाबिच माथी उल्लेखित लाभांश दर कति तल वा शुन्यमा आउने हो एकिन छैन । साथै बैंकहरुले आ-आफ्नो क्षमताअनुसार र केही कर्मचारिको समेत गरि केन्दिय, विभिन्न प्रदेश तथा विभिन्न स्थानीय स्तरमा नगद, खाद्यान्न र स्वास्थ सामाग्रीहरु सहयोग गरिरहेकै छन् ।
यसभन्दा पनि धेरै गर्नका लागि आफ्नो लागत कम गर्नुपर्ने हुन्छ, नत्र कति समय हो नोक्सानीमै चल्नुपर्ने छ । बैंकको मुख्य लागत भनेको सन्चालन लागत हो जुन तत्कालै, देखिनेगरी घट्न सक्ने अवस्था छैन । अर्को भनेको निक्षेप लागत हो । निक्षेप लागत घट्दा फेरि पुजि पलायन हुने अवस्था आउनेछ जुन बैंकको लागि मात्र नभएर राज्यको लागि समेत अर्को माहमारी बन्नेछ ।
र यस्तो पृष्ठभुमिका बिचमा पनि बैंकको सत्तो सराप गर्नेहरु देख्दा अचम्म लाग्छ र भन्न मन लाग्छ:
उधोगी व्यावसायीले केही महिना नाफा नकमाएर के हुन्छ त?? बैंकहरुको पनि व्यापार भएको छैन खर्च उतिकै छ, बैंक लाई राहत र छुट दिने कस्ले?? हिजो सहज दिनहरुमा पनि जम्मा जम्मी औसतमा १५% लाभांश दिने क्षमताका न हुन बैंकहरु त्यो पनि पुर्ण पारदर्शितासगै ३०% राजस्व तिरेर बचेको हो ।
के व्यावसायीले बैंकले जस्तै पारदर्शिता देखाएका छन् त?? राज्यलाई कर बुझाउन बैंक जतिकै ईमान्दार छन् त? लाख कमाउनेहरु कर तिर्न जादा हजार देखाउछन आम्दानी, करोड कमाउनेहरु लाख देखाउछन र अरब कमाउनेहरु करोड देखाउछन । के अब पुरा आम्दानीमा कर तिर्छन् यीनले , होईन भने ३ पुस्तालाई पुग्ने सम्पत्ती थुपारिसकेकाहरुलाई, आफ्नो पुजि लगनिको सयौं गुणा कुम्ल्याईसकेकालाई, आम उपभोक्ताहरुसग लुट मच्चाएर राज्यलाई ठग्नेहरुलाई के को राहत???
यो भ्रस्टाचार हैन? के राज्यसँग छ हिम्मत यी र यसरी लुट मच्चाउनेहरुलाई पुर्ण आम्दानीमा कर तिर्न बाध्य पार्ने? राज्यले समान व्यवहार गर्न सक्नुपर्यो, बैंकले राहात दिनुपर्ने तर बैंक जस्तै वा बैंक भन्दा बिसौ गुणा (% मा) कमाउनेले राहत दिनुनपर्ने उल्टै हात थाप्ने??
राहत दिनुपर्छ तर सबैले दिनुपर्यो जस जसले यो राज्यमा बसेर आम्दानी गरेका छन् र समान सहभागिता पनि हुनुपर्यो ।अनि दिनुपर्छ राहत एक छाक खान नपाएका मजदुर, बिपन्न बर्गलाई, बिरामी भएर उपचार नपाएकाहरुलाई अनि भर्खरै व्यवसाय सुरु गरेकाहरुलाई, बन्दाबन्दिकै कारणले व्यावसायबाट हात धुनुपर्ने अवस्थामा पुगेका हरुलाई र दैनिक ज्यालादारिहरुलाई जस्ले उनीहरुको सास जानबाट रोक्नेछ, निभ्न लागेका वा निभिसकेका चुलोहरु बल्नेछ, घर, समाज, सडक अनि स्वास्थ सस्थाहरुमा पैसाको अभावमा अलपत्र परेकाको घाउमा मलम लाग्नेछ अनि बाकी सडकबासिहरुको अनुहारमा खुसी छाउनेछ र पो राहत दिएको पनि अर्थ हुन्छ ।
त्यसैले वास्तविक पीडितको एकिन तथान्क संकलन हुनुपर्यो, राहत बितरणको मोडालिटी बनाउनुपर्यो, डुब्न लागेका र डुब्ने सम्भावना भएकाहरुको उद्धार गर्नुपर्यो, निमुखाहरुको सास अडिनुपर्यो र बैंक, व्यवसायी, राज्य तथा आम नगरिक सबैको यो महामारिबाट सुरक्षीत अवतरण हुनुपर्यो न कि टाठा बाठाहरुको रजाइँले नियम कानुन निर्देशन मानेर पारदर्शी कार्यसन्चालन गर्नेहरुमाथी थिचोमिचो ।
यसो भन्दैमा बैंक, नागरिक, व्यावसायी र नियामकका बिचमा फाटो आउने काम कसैले गर्नुहुदैन र भुल्नु हुदैन कि यी सबै एक अर्काका परिपुरक हुन र एक बिना अर्काको अस्तित्व मेटिनेछ ।
त्यसैले यो कोरोनाको माहामरिबाट पार पाउनका लागी सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गरौँ । हुनेले नहुनेलाई, खानेले नखानेलाई, स्वस्थले अस्वस्थलाई सहयोग गरौँ ।
सक्ने साबधानी अपनाऔ, सुरक्षीत बसौं ।
धन्यवाद ।
लेखक न्यौपाने प्रभु बैंक पालुङटार, गोरखा शाखाका प्रबन्धक हुन् !