• शनिबार, साउन ३० २०८३

कविता : हामी कोरोनाले होइन, भोकले मर्ने भयौँ


शनिबार, भाद्र २७ २०७७
1.2K
Shares


ऋृषिराम लामिछाने

मलाई, उस्लाइ तपाइँलाई कोरोना रोग लाग्ला
यो कोभिडले सँसार घुम्यो एक दिन त भाग्ला
कोरोनाले नेपालमा चाहिँ निकै सम्मान पायो
भाइरस प्रवेष हुनु पहिले हाम्रो साहस खायो

नेपालमा ओत लागियो ब्राजिलमा थियो वर्षा
भाइरस नेपाल छिर्नु पूर्व हामीलाइ किन तर्सा ?
एस.इ.इ. दिने विद्यार्थीलाई तनाव भयो ज्यादा
चैत्र, बैशाख, जेठ महिना भर प्रभाव यदाकदा

स्कुल, कलेज यातायात र कलकारखाना ठप्पै
कोभिड- १९को बाटो छेक्न बन्दा-बन्दी सप्पै
देशै स्थीर बनायथ्यौँ आखिर कोरोना त आयो
पत्ता पाउनुभयो कोहिले कहाँ गाफिल खायो ?

जिल्ला, गाउँ, टोल बीचमा आवत जावत रोक्यौँ
सिमा पारका आफ्ना नाता गोता छान्दै बोक्यौँ
नजिक पर्दा र माया गर्दा रोगका भाइरस सर्छन्
जानकार, चिकित्सक डाक्टर यस्तै कुरा गर्छन्

बुझ्नु पर्नेहरु सबले चाहि सुनेनछन् कि छलफल
न त्यहि बेला कमिसनमा भएथ्यो कि खलबल ?
सँधै उही बन्दाबन्दी र सकस् जनतालाइ निशेध
खुलाउँ चलाउँ सबै क्षेत्र नियम बनाई लौ बिशेष

यदि यहि चाल चलाइ रहे त अाउँछन् भोकमरी
यो देशै तहसनहस् हुन्छ बुझौँ जोगिन्न केही गरि
आत्माहत्या निकै बढ्यो यहि लक्डाउन कारण
कोरोना रोगले होइन, भोकले बढ्यो लौ मरण।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार