काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १ सय ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।