• शुक्रबार, साउन ८ २०८३

गंगालालमा राष्ट्रिय खेलाडीको निशुल्क स्वास्थ्य परिक्षण गर्ने सम्झौता


मंगलबार, भाद्र २५ २०८१
2K
Shares

सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय टोलीमा रहेका तथा देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ।

राष्ट्रिय खेलाडीको मुटुसहितको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्बन्धि सम्झौतामा आज हस्ताक्षर भएको हो।

मंगलबार बिहान प्यारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर याे कार्यक्रमको सुरुवात गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएकाे बताए।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा मन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए।

त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सकृयता लिएका थिए।

स्वास्थ्यमन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण सम्बन्धि सम्झौता भएको हो।

सम्झौतामा हरेक वर्ष निःशुल्क मुटु परीक्षण गरिने उल्लेख छ। सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार