• शनिबार, साउन ९ २०८३

स्वास्थ्य क्षेत्रको सुधारमा कर्मचारीबाटै अवरोध : मन्त्री बस्नेत


मंगलबार, फाल्गुन १५ २०८०
1.7K
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका छन् ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको आधारभूत स्वास्थ्य सेवाको अधिकार स्थापित गर्न आफूले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोजेको तर केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका हुन् ।

पहुँच र भनसुनका भरमा सरुवा हुन नचाहने र आकर्षक स्थानमा बसेको कर्मचारीहरूले मन्त्रालयको कामलाई विरोध गरेको उनले बताए । मन्त्री बस्नेतले सतप्रतिशत राम्रो गर्न खोज्दा नराम्राहरू एकढिक्का हुने गरेको गुनासो गरे ।

अस्पतालमा टेन्डरमार्फत सामाग्री खरिद गर्न खोज्दा कर्मचारीहरूले तालाबन्दी नै गर्ने गरेको उनको भनाइ छ । उनले आधारभूत स्वास्थ्य सेवा प्रभाव गर्न पर्याप्त कर्मचारी नभएकाले अस्थायी दरबन्दी सिर्जना गरिएको धारणा राखे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार