काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहबाट हराएकी २६ दिनकी शिशु काँडाघारीमा फेला परेकी छन्।
शिशुलाई काँडाबारीमा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने नाबालिकालाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्।
जन्डिसकी बिरामी ती शिशुको फलोअप उपचारका लागि बूढानीलकण्ठ नगरपालिका १२ की २२ वर्षीया सविना श्रेष्ठ जेठानीसहित प्रसूतिगृह आएकी थिइन्।
बालिका चोरीको आरोपमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका छन् ।
शुक्रबार राति करिब १२ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट शिशुको उद्धार गरेको प्रहरीको भनाई छ । चोरी आरोप लागेका तीन जना पनि काँडाघारीबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मनीषाकी दिदी र श्रीमानसमेत रहेका छन् ।
काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै उजुरी दिएकी थिइन् । अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै मनीषाले बच्चा लिएकी थिइन् । शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको थियो ।
सीसी टीभी फुटेजका आधारमा खोजी गर्ने क्रममा महिला फेला परेकी हुन्।