• शुक्रबार, साउन ८ २०८३

सदनमा पदम गिरीकाे प्रश्न ‘गेटा मेडिकल कलेज कसको स्वार्थमा नचलाउन खोजिएको हो?’


बुधबार, माघ २४ २०८०
1.2K
Shares

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमालेका सांसद् पदम गिरीले सरकारले निहित स्वार्थका कारण गेटा मेडिकल कलेज नचलाएको आरोप लगाएका छन्। राज्यको अरबौं खर्च गरेर संरचना बनाएको उक्त मेडिकल कलेज सञ्चालन हुन नसकेका विषयमा सरकारले जवाफ दिनुपर्ने उनले बताए।

संसद्मा बोल्दै उनले भने,  ‘सरकारले भएका मेडिकल कलेज र नर्सिङ कलेज बन्द गरेको छ। राज्यको अरबौं खर्च भएको गेटा मेडिकल कलेज चलाइएको छैनन्। कसको स्वार्थका लागि सरकारले काम गरिरहेको छ ?  सरकारले जवाफ दिनुपर्छ कि पर्दैन ?’

यसैगरी सरकारले निर्माणाधीन आधारभूत अस्पतालको दायित्व भुक्तान नगर्दा अलपत्र परेको समेत बताएका छन्। उनको प्रश्न छ, ‘यो चानचुने विषय हो?’

अर्थमन्त्री डा प्रकाशशरण महतले ९८ वटा निर्माणाधीन आधारभूत अस्पतालको बजेट रोकेको स्वास्थ्यखबरले मंगलबार समाचार प्रकाशित गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार