• शनिबार, साउन ९ २०८३

पहाडी भूभागमा वर्षा, उच्च क्षेत्रमा हिमपातको सम्भावना


शुक्रबार, माघ १२ २०८०
1.6K
Shares

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (शुक्रबार बिहान) तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। यसले तराई मधेश क्षेत्रको जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असर र चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यो क्रममा शनिबार र आइतबारसम्मै जारी रहने महाशाखाको पूर्वानुमान छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार