• शनिबार, साउन ९ २०८३

किन लेखे धरानका मेयर हर्क साम्पाङले स्वास्थ्य मन्त्री बस्नेतलाई पत्र ?


मंगलबार, माघ २ २०८०
2.5K
Shares

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई उपस्थित गराइदिन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई पत्र लेखेका छन्।

कार्कीले कार्यकारिणी समितिको बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्नुपर्नेमा लुकीछिपी बसेको मेयर साम्पाङले पत्रमा उल्लेख गरेका छन् । कार्कीले हाल आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु  उपकुलपतिको सम्पूर्ण अधिकार फिर्ता लिएको तथा आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाउनेजस्ता अराजक गतिविधि गरेको मेयर सम्पाङको भनाइ छ।

 

प्रतिष्ठानमा हाल दिनहुँ आन्दोलन भइ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ओपीडी बन्द भइरहेको उनले बताएका छन् । बिरामीको उपचार प्रभावित भएको, प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षा समेत ठप्प भइरहेको हुँदा तत्काल प्रतिष्ठानको कामय मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई तुरुन्तै उपस्थित गराइ हाल देखिएको समस्याको हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिनका लागि आवश्यक कारबाही अघि बढाइदिन अनुरोध छ,’ साम्पाङले मन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार