• शनिबार, साउन ९ २०८३

तराईमा हुस्सु, हिमालमा हिमपातको सम्भावना


आइतबार, पुष २९ २०८०
1.3K
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती भने  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार