• शनिबार, साउन ९ २०८३

कान्ति अस्पतालले गर्‍याे एक बर्षमा २ लाख बालबालिकाकाे उपचार, १८५ काे ज्यान गयाे


आइतबार, पुष २२ २०८०
1.5K
Shares

काठमाडाैँ । कान्ति बाल अस्पतालले गत चालु आर्थिक बर्षमा झण्डै २ लाख जना बिरामीकाे उपचार गरेकाे छ । आज ६२ औं बार्षिकाेत्सवकाे अवसरमा प्रगती विवरण सार्वजनिक गर्दै अस्पतालले गएकाे बर्ष २०७९/८० मा १ लाख ९९ हजार २ सय ५६ जना बालबालिकाकाे उपचार गरेकाे जनाएकाे हाे ।

गत बर्ष सम्पन्न भएका काम कारबाही, गतिविधी, प्रगती तथा भावी याेजना समेटिएकाे प्रतिवेदन सार्वजनिक गर्दै अस्पतालका निर्देशक डा. पंकज रायले साे जानकारी दिएका हुन् ।

अस्पताल ब्यववस्थापन समितिका अध्यक्ष डा बाबुराम गाैतमकाे अध्यक्षतामा भएकाे बार्षिकाेत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहनबहादुर बस्नेतकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा निर्देशक डा रायले सबैभन्दा बढी बहिरंग (ओपिडी) मार्फत सेवा लिएका छन् । जस अन्तर्गत १ लाख ४६ हजार २४९ जना बालबालिकाले सेवा लिएकाे उनले बताए । त्यस्तै ५३ हजार ७ जना बालबालिकाकाे भने अस्पतालकाे आकस्मिक कक्षमा उपचार भएकाे छ ।

डा रायका अनुसार एक बर्षमा ९ हजार ५ सय ३३ जना बिरामीलाई भर्ना गरेर उपचार गराइएकाे थियाे । त्यस्तै उपचारका लागि आएकामध्ये १ सय ८५ बालबालिकाकाे भने मृत्यु भएकाे तथ्यांकमा उल्लेख छ ।

कान्ति अस्पतालले गत आर्थिक वर्षभरीमा असहाय, विपन्न लगायत विभिन्न शीर्षकमा ४ करोड ३१ लाख ३३ हजार ७ सय ४९ रुपैयाँ बरावरको सेवा निःशुल्क दिएकाे समेत निर्देशक डा रायले दिए ।

वि.स. २०१९ पाैष २२ गतेदेखि आफ्नाे सेवा सञ्चालनमा ल्याएकाे कान्ति अस्पताल देशकै एक मात्र सरकारी बाल अस्पताल हाे । ५० शैयाबाट सेवा सुरु गरेकाे अस्पतालमा हाल ३५२ शैयासहित विशेषज्ञ चिकित्सकहरुबाट सेवा सञ्चालनमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार