• शनिबार, साउन ९ २०८३

गण्डकी र कर्णालीका केही भागमा हिमपातको सम्भावना


शनिबार, मंसिर ३० २०८०
1.4K
Shares

काठमाडौं । कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही भागमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । बाँकी प्रदेशको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा आइतबार पनि हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार कोशी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार