• शनिबार, साउन ९ २०८३

गोविन्द केसीलाई गलत गिरोहले चलाएकाे स्वास्थ्यमन्त्री बस्नेतकाे आराेप


आइतबार, मंसिर १० २०८०
1.5K
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीलाई गलत गिरोहले सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले केसीले गलत माग लिएर अनसन बस्ने गरेको आरोप लगाए । उनले केसीले अनसन बसेपछि चिकित्सकहरुले समर्थन गर्ने गरेकामा पनि आपत्ति जनाए ।

बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताए । स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको उनले बताए ।

मन्त्री बस्नेतले भने, ‘ धेरै जसो अस्पतालहरुले कमिसनको चक्करमा परेर ठूला उपकरण किन्ने र थन्क्याउने गरिएको पाइयो । त्यसैले अत्यावश्यक बाहेक ठूला उपकरण तत्काल किन्ने पक्षमा मन्त्रालय छैन । तर, ट्रमा सेन्टरको हकमा अत्यावश्यक भइसकेको एमआरआई मेसिन खरिद गरिने छ । यसमा मन्त्रालय सकारात्मक छ । ’

ट्रमा सेन्टरमा ६ महिना अगाडि खरिद गर्न लागिएको एमआरआई मेसिन विवादका कारण रोकिएको थियो । मन्त्री बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउँदै  यसको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार