काठमाडौँ । कान्ति बाल अस्पतालको लापरबाहिले ५ बर्षीया बालिकाको निधन सम्बन्धमा छानबिन गर्न सांसदहरुले माग गरेका छन् ।
बिहिबार भएको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरुले अस्पतालका निर्देशक माथि छानविन गर्न माग गरेका हुन् ।
एमाले सांसद महेश बर्तौलाले अस्पतालको लापरबाहीका कारण बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् ।
बर्तौलाले घटनाको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने तथा स्वास्थ्यमन्त्रीले यो संसदमा घटनाका सम्बन्धमा बताउनुपर्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराए ।
डा.चन्दा कार्कीले अस्पतालको गैर जिम्मेवारीका कारण रेजिशाको मृत्यु भएको भन्दै रेजिशा मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन माग गरिन् ।