• मंगलबार, भाद्र २३ २०८३

बालेनले हटाए ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस


सोमबार, भाद्र १८ २०८०
2.7K
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् । चौतर्फी आलोचनापछि शाहले उक्त स्ट्याटस हटाएका हुन् ।

शनिबार साँझ आफ्नो पत्नी सवार सवारीलाई ट्राफिक प्रहरीले चेकिङका क्रममा रोकेपछि आक्रोशित बनेका शाहले अब आइन्दा आफ्नो गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । तर, जिम्मेवार ओहदामा बसेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै शाहको आलोचना भएको थियो ।

यता मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले आइतबार विज्ञप्ति जारी गर्दै शनिवार बेलुका सुत्केरी अवस्थामा रहेकी सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएका छन् ।

सम्बन्धित समचारहरु

यस्ताे थियाे उनले हटाएकाे स्टाटस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार