• शनिबार, साउन ९ २०८३

यस्ताे छ सिंहदरबारमा आगो लगाउने मेयर बालेनकाे धम्की पछाडीकाे रहस्य


आइतबार, भाद्र १७ २०८०
2.9K
Shares

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् । शनिबार राती फेसबुकमा पाेष्ट गर्दै उनले महानगरकाे गाडी राेकेकाे भन्दै सिंहदरबारमा आगो लगाउने धम्की दिएका हुन् ।

उनले सरकारलाई ‘चाेर’ काे संज्ञा दिदै आइन्दा महानगरकाे गाडी नराेक्न समेत चेतावनी दिएका छन् ।

मेयर शाहकाे धम्की आउनु पछाडीकाे रहस्य के थियाे ?

शनिबार बिदाको दिन, राति नौ बजेकाे आसपासमा काेटेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिकले राेक्छन् । गाडी काठमाण्डाै महानगरपालिकाकाे हुन्छ ।

गाडीमा मेयर बालेन शाह थिएनन् उनकी श्रीमतीसंगै अन्य केहि महिलाहरु मात्रै थिए।

ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले चालकसंग सार्वजनिक बिदाको दिन चलाउने अनुमति पत्र (पास) मागेपछि केहि बेर चालकसंग भनाभनकाे स्थिती सृजना हुन्छ  । चालकले ‘काठमाडाैं महानगरकाे गाडी हाे आज पास ल्याउन छुट्याे अबदेखी विदाकाे दिन पास बाेकेर हिड्छु, आजलाई गल्ती भयाे’ भन्छन् ।

प्रहरीले पास मागेर उनिसंग साेधपुछ गर्दा करिब ३ मिनेटकाे समय लाग्छ र ट्राफिकले चालकलाई सचेत गराएर छाेडिदिन्छ ।

चेकिङमै रहेका एक प्रहरीले भने ‘भएकाे यत्ति हाे ।’

यसकाे केहि मिनेटमै मेयर शाहले फेसबुकमा धम्कीपूर्ण भाषामा पाेष्ट लेख्छन् । लेखेकाे केहि मिनेटमै उनकाे पाेष्ट भाइरल हुन्छ ।

केहि मिनेटमै लाखाै रियाक्ट र हजाराै कमेण्टसंगै शेयर हुन्छ । याे समाचार तयार पार्दासम्म उनकाे पाेष्टमा झण्डै तीन लाख जनाले रियाक्ट ९० हजारले कमेण्ट र ३६ हजार जनाले शेयर गरेकाे देखिन्छ ।

फेसबुकमा उनले लेखेका छन,

‘आजको लागि केही भएन,

भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबार आगो लगाइदिन्छु ।

याद राख चोर सरकार ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार