• आइतबार, साउन १० २०८३

‘अब यात्रा कस्तो हुने ?’ दिबस खनियाले टेलिभिजन कार्यक्रम मार्फत खोज्दै छन् बाटो


बिहिबार, जेष्ठ २२ २०७७
1.1K
Shares

काठमाडौँ । सामाजिक अभियान्ता तथा टेलिभिजन कार्यक्रम निर्माता दिबस खनियाको टेलिभिजन कार्यक्रम पुन: प्रसारणमा आउने भएको छ। बिगत ८ बर्ष देखी बिभिन्न उत्प्रेरणाका धेरै कार्यक्रमहरु पस्किदैँ आएका उनले गत बर्ष बि यु ( हामी परिवर्तनका सँबाहक नामक टेलिभिजन कार्यक्रम नेपाली दर्शक सामु ल्याएका थिए। उक्त कार्यक्रमका बिभिन्न सिरिजहरु उनले कहिले टेलिभिजन मार्फत, कहिले लाईभ कार्यक्रम मार्फत त कहिले ठुला ठुला इभेन्टहरु मार्फत दिँदै आएका थिए।

अब भने उनले अहिलेको कोरोना कहर पछीको यात्रा कस्तो हुने वाला छ अथवा कस्तो हुनुपर्छ र कोरोना पछीको हाम्रो जिवनको बारेमा आफ्नो टेलिभिजन कार्यक्रममा कुराकानी गर्नेछन। अब प्रसारण हुन लागेको उनको टेलिभिजन कार्यक्रम “अ जर्नी थ्रु एग्जिस्टेन्स (अबको यात्रा)” असारको पहिलो हप्ताबाट योहो टेलिभिजन मार्फत प्रत्यक शुक्रबार बेलुका ८:३० बजे बाट ९ बजे सम्म हेर्न सकिनेछ।

उनका अनुसार यो कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तीहरुसँग त्यस क्षेत्रको अबको यात्राको बारेमा बिशेष रुपमा चर्चा गरिनेछ। उनले भने, हामी टेलिभिजन कार्यक्रम केबल हेरिन्जेलको मात्र नहोस भन्ने चाहन्छौं। कार्यक्रमबाट युवाहरुलाई केहि उत्प्रेरणा पनि मिलोस र केहि गर्न खोजेका साथीहरुलाई केहि ज्ञान पनि दिन सकियोस भन्ने सोच्दछौं। यो कार्यक्रम पनि केबल टिभि कार्यक्रम मात्र हैन, हामी यो कार्यक्रम मार्फत अबको बाटो पहिल्याउने कोशीस गर्नेछौं”।

दिबस खनिया आफै प्रेरक बक्ता साथै आइटीको क्षेत्रमा अन्तराष्टिय अवार्ड बिजेता समेत हुन। बिगल ८ बर्ष देखी उनका बिभिन्न माध्यमबाट भएका प्रत्यक कार्यक्रमहरुलाई दर्शकले अत्यन्त रुचाउँदै आएका छन। बिशेषतस् उनि युवाहरु माझ लोकप्रिय छ्न।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार