• बिहिबार, साउन २१ २०८३

बाढीपहिरोको उच्च जोखिममा तनहुँ


आइतबार, माघ ११ २०७७
505
Shares

a'NbL vf]nfdf cfPsf] af9L bdf}nL, !! df3 M ut c;f/ @( ut] cfPsf] af9Lsf sf/0f a'NbLvf]nfn] 8'afgdf k/]sf] tgx'Fsf] Jof; gu/kflnsf–! l:yt s/ªsf7 . lhNnfsf clwsf+z 7fpF af9Lklx/f]sf] hf]lvddf 5g . kmfOn tl:a/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँ । यस वर्षकोे बाढीपहिरोका कारण तनहुँमा १४ जनाले ज्यान गुमाए । गत असार र साउनमा परेको वर्षापछि आएको बाढीपहिराका कारण ऋषिङ गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा दुई र म्याग्दे गाउँपालिकामा एक जनाले ज्यान गुमाए ।

बाढीपहिराका कारण जिल्लाका दशवटै स्थानीय तहमा थुप्रै घरमा क्षति पुग्यो । त्यसमध्ये २४७ घर भत्किएर बस्न नमिल्ने भयो । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार भीमाद नगरपालिकामा २९, घिरिङ गाउँपालिकामा आठ, देवघाट गाउँपालिकामा १८, शुक्लागण्डकी नगरपालिकामा २१, भानु नगरपालिकामा ३२, आँबुखैरेनी गाउँपालिकामा छ, बन्दीपुर गाउँपालिकामा १३, म्याग्दे गाउँपालिकामा ४१, ब्यास नगरपालिकामा ७७ र ऋषिङ गाउँपालिकामा दुई घरमा पूर्ण क्षति भयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको तनहुँको विपद् प्रतिकार्य योजना २०७७ अनुसार जिल्लाका अधिकांश स्थानीय तह बाढीपहिराको उच्च जोखिममा देखिएका छन् । स्थानीयस्तरमा हुने विकास आयोजना तथा ठूला पूर्वाधारका आयोजना निर्माण र विकासको चरणमा सम्भाव्य विपद्को अवस्था र त्यसबाट पुग्न सक्ने सम्भाव्य क्षतिलाई विचार गरी विपद् व्यवस्थापनलाई मूल प्रवाहीकरण गर्न सकेमा विपद्को जोखिम न्यूनीकरण गर्न सकिने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

“विपद् प्रतिकार्य योजनाले तनहुँमा आइपर्ने जोखिमको सामना तथा विपद्बाट हुने क्षतिको न्यूनीकरणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरेका छौ”, उनले भने– “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को कार्यान्वयनको सिलसिलामा सबै स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समितिको गठन प्रक्रिया शुरु भइसकेको छ ।”

विपद् प्रतिकार्य योजना अनुसार पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकांश क्षेत्रमा पहिराको बढी जोखिम छ । विगतको घटनाका आधारमा बाढीपहिरो, आगलागी, खडेरीलगायतबाट जोखिम क्षेत्र पहिचान गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि सङ्कटासन्नता र क्षमताको विश्लेषणका आधारमा आठ वटा विषयगत क्षेत्र निर्धारण गरिएको छ ।

“यस योजनाले कार्यान्वयन गर्ने संस्था र सहयोगी संस्थाको भूमिका तथा जिम्मेवारी स्पष्ट रुपमा पहिचान गरेको छ”, प्रजिअ आचार्यले भने, “हरेक विषयगत क्षेत्रलाई एक निश्चित् संस्थाले नेतृत्व गरेको छ ।” आपत्कालीन उद्धारका लागि जिल्लामा पर्याप्त मात्रामा सामग्री तयारी अवस्थामा राखिएको छ । कालीभञ्जन गणले सेनानीको नेतृत्वमा बञ्चरो, फायर स्वाटर, फायर रेक, फायर साभेल, एक्सटिङ्गुइसर, क्याराबिनर फिगर, लाईफ ज्याकेटलगायतका सामग्री व्यवस्थापन गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले उद्धारका लागि २५ जनाको प्रहरी टोली, ट्युब, नाइलन डोरी, स्ट्रेचर, लाइफ ज्याकेट, कोदालो, गैंची, बञ्चरो, भ¥याङ, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणले प्रहरी निरीक्षकको नेतृत्वमा प्रतिकार्य स्वयंसेवक व्यवस्थापन परिचालनमा १० जना, प्राथमिक उपचार स्वयंसेवक व्यवस्थापन परिचालनमा सात जना, राहत सामग्री व्यवस्थापनमा ५० जनाको टोली तयारी अवस्थामा राखेको छ ।

शिक्षा, विकास तथा समन्वय एकाइ, कृषि ज्ञान केन्द्र, सडक डिभिजन कर्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालय, गैरसकारी संस्था महासङ्घ, जलस्रोत तथा सिञ्चाइ डिभिजन कार्यालयलगायतले पनि विपद्का बेला आवश्यक सामग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा राखिएका छन् ।

जिल्लाका दश वटै स्थानीय तहमा विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि विभिन्न वडामा हेलिप्याड निर्माण गरिएको छ । ठूलो विपद्को घटना भएमा जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पु¥याउन हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरिएको प्रजिअ आचार्यले जानकारी दिए ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार