• बिहिबार, साउन १४ २०८३

नबिल बैंकमा ग्रिन पिन सेवा सुरु


शुक्रबार, असोज ९ २०७७
755
Shares


काठमाडौं । नबिल बैंकले ग्रिन पिन सेवा सुरु गरेको छ । डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको हो ।

नबिल बैंकले ग्रिन पिन सेवामामार्फत “ग्राहकलाई नयाँ“ पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रदान गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार