गोरखा । शुक्रबार गोरखामा १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
जिल्लाका ४ पालिकामा १२ जना संक्रमित थपिएका हुन ।
जसमा पालुङटार नगरपालिकामा मात्रै ७ जना छन । उनिहरु वडा नम्बर १ का ३ पुरुष र ४ महिला हुन ।
त्यस्तै बारपाक सुलिकोट ८ का एक महिला र एक पुरुषमा समेत संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
यसैगरी थपिएकामध्ये गण्डकी गाउँपालिका ५ का एक पुरुष छन भने भिमसेन थापा गाउँपालिका ३ का २ पुरुष गरी जिल्लाभर १२ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले सिभिलखबरलाई बताए ।
उनिहरु सबैको क्षयरोग उपचार केन्द्र पोखरामा पिसिआर परिक्षण गरिएको थियो ।
त्यस्तै शुक्रबार नै कास्कीमा ११ जना र नवलपुरमा ९ जना संक्रमित थपिएको शर्माले बताए ।