• आइतबार, साउन ३१ २०८३

पोखरामा पहिलोपटक संक्रमित गर्भवतीले जन्माइन् बच्चा


शुक्रबार, असोज ९ २०७७
945
Shares


पहिलोपटक पोखरामा एक कोरोना संक्रमित गर्भवतीले अप्रेसनमार्फत बच्चा जन्माएकी छिन्।

भारतको मोतीहारी घर भएकी २४ वर्षीय गर्भवतीले बुधबार दिउँसो अप्रेसन मार्फत बच्चा जन्माएका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए।

अस्पतालको प्रसुती वार्डमा असोज ५ गते भर्ना भएकी ती महिलामा कोरोना संक्रमणको आशंकामा स्वाब परिक्षण गरिएको थियो।

स्वाब परिक्षण गर्दा असोज ६ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएपछि गर्भवती महिलालाई कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गरिएको थियो।

यसअघि सुत्केरी महिलालाई कोरोना संक्रमण देखिएपनि गर्भवती अवस्थामै कोरोना पुष्टि भएर बच्चा जन्माउने उनी पहिलो महिला हुन्।

अहिले बच्चाको आइसियुमा उपचार भइरहेको छ भने आमाको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. आचार्यले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार