दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘खुशी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुशी’ योजना सार्वजनिक गरेको छ ।
बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाँझ खुशी बाड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको बताएकाे छ ।
दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ ।
रोजेरै खुशी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफरहरु, रु १०,००० को नगद छुट पाउँन, अथवा ५०% डाउन पेमेन्टमा ०% ब्याज वा २०% डाउन पेमेन्टमा फाइनान्सिंगको सुविधा मध्ये कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् ।
गोरखामा बजाजकाे आधिकारिक बिक्रेता सुरेन हर्ट यातायात सेवा प्रालि हाे । जसकाे शाेरुम सदरमुकाम स्थित चाइनिज धारामा रहेकाे बताइएकाे छ ।