गोरखा । गोरखाकाे चुमनुब्री गाउँपालिकाका झण्डै १५ सय विद्यार्थीलाई सम्भव नेपाल नाम संस्थाले पोशाक र शैक्षिक सामग्री सहयाेग गरेकाे छ ।
बिहिबार संस्थाले चुमनुब्रीका १ हजार चार सय १२ जना विद्यार्थीलाई न्यानो पोशाक तथा शैक्षिक सामग्री बितरण गरेको हाे ।

हेलिकप्टर मार्फत गाउँपालिकाको केन्द्र सिर्दिबास पुगी पूर्व उपप्रधानमन्त्री एवं काङ्ग्रेका नेता प्रकाशमान सिंह र संभव नेपालका अध्यक्ष प्रेम खत्रीले संयुक्त रुपमा विद्यार्थीलाई सामग्री बितरण गरेका हुन् ।
पर्यटन ब्यवशायी खत्रीले यस अघि चुमनुब्री, धार्चे, आरुघाट, भिमसेनथापा गाउँपालिकामा १४० थान थर्मल गन, ५७ हजार थान कटन मास्क, २० हजार पाँचसय ९२ थान हातधुने साबुन स्थानीय तहमार्फत सबै विद्यालयलाई बितरण गरिसकेकाे बताइएकाे छ ।
तर पोशाक तथा शैक्षिक सामग्री वितरण भने चुमनब्रीबाट सुरु भएको उनले बताए । दाेस्राे चरणकाे अभियान गोरखाको धार्चे र भीमसेनथापा गाउँपालिकाका ८८ वटा विद्यालयमा संचालन गर्ने सो संस्थाका अध्यक्ष खत्रीले बताए ।
जसमा धार्चे गाउँपालिकाका २५ वटा विद्यालयका चार हजार २० विद्यार्थी, भीमसेन थापा गाउँपालिकाका ४३ वटा विद्यालयका पाँचहजार तीन सय विद्यार्थी गरी १० हजार छ सय ९३ जना विद्यार्थीलाई सो सामग्री बितरण गरिने उनकाे भनाई छ ।
विद्यार्थीलाई ट्रयाक सुट, टोपी, स्कूल ब्याग र होमवर्क डायरी बितरण गरिएको छ । एउटा विद्यार्थीका लागि करिब सत्रसय रुपैयाँ बरावरको सामग्री बितरण गरिएको संस्थाले जनाएको छ ।
सिर्दीबासमा चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति सिंहले दुर्गम क्षेत्रका सबै विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, टोपी, ब्याग र डायरी दिनु प्रभावकारी भएको भन्दै प्रशंसा गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका गोरखा जिल्ला सभापति हरिबहादुर घलेले शिक्षाको बिकासबिना उत्तरी गोरखाको बिकास संभव नभएको बताउँदै शैक्षिक क्षेत्रमा गरिएको सहयोगले स्थानीयलाई फाईदा हुने बताए ।
