• शनिबार, साउन ९ २०८३

महानिर्देशकको राजीनामा माग्दै मेनपावर व्यवसायीले घेरे अध्यागमन विभाग


आइतबार, असार ३१ २०८०
1.5K
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्  ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् ।

विभिन्न प्लेकार्ड सहित विभाग पुगेका व्यवसायीले बिना कारण श्रमिकलाई दुख दिएको भन्दै विराेध जनाएका छन् ।

वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो । कागजात शंकास्पद रहेको कारण देखाउँदै अध्यागमनले रोकेको थियो ।

तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् ।

वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरि संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई अध्यागमनले रोक्दै आएको महासचिव मेघनाथ भुर्तेलले बताए ।

बिनाकारण कामदारहरु फर्कारहेकोले व्यवसाय गर्न समस्या भएको उनको भनाइ छ । अध्यागम  कार्यालयका महानिर्देशकले ज्यादती गर्दै आएको भन्दै उनको राजीनामा माग गरिएको बताए ।

याेपनि पढ्नुहाेस्

विनाकारण श्रमिकलाई एयरपोर्टबाट फर्काएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायीको आपत्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार