विनाकारण श्रमिकलाई एयरपोर्टबाट फर्काएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायीको आपत्ति

काठमाडौँ । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई अध्यागमन कार्यालयले एयरपोर्टबाट फर्काएकोमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइ गत बुधबार र बिहिबार कुवेत जान लागेका ११७ र असार २४ गते आइतबार जोर्डन जान लागेका १५ जना गरी १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले विना कारण रोकेको भन्दै संघले आपत्ति जनाएको हो ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विना कारण कामदार फर्काइ अनावश्यक दुःख दिने काम भइरहेको बताए ।
वैदेशिक रोजगारमा जाने श्रमिकको मागपत्र, भिषा, हवाई टिकट जाँचबुझ गरी अन्तिम स्वीकृति दिने अख्तियारी …