• शुक्रबार, साउन ८ २०८३

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयीः पदाधिकारीमा को को ?


शुक्रबार, असोज १९ २०८०
2K
Shares

काठमाडौं । नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । पृथ्वी सुब्बा गुरुङ्ग निकट उनले मायानाथ अधिकारीलाई १ सय ६६ मतले पराजित गरेका हुन् ।

बिहिवार भएको मतदानमा खसेको ८ सय ९६ मत मध्ये शर्माले ५ सय ३१ मत पाए भने अधिकारीले ३ सय ६५ मत प्राप्त गरे ।

पदाधिकारी तर्फ पनि सबै पदमा शर्माकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले नवलपुरका बाबुराम विश्वकर्मालाइ पराजित गरेका हुन् ।

सचिवमा धनन्जय दवाडी विजयी भएका छन् उनले रश्मि आचार्य लाइ पराजित गरेका हुन् ।

उपसचिवमा दामबहादुर विक निर्वाचित हुँदा उनका प्रत्यासी सन्तोष रावल थिए । उपसचिव महिलामा पर्वतकी मन्जु अधिकारी विजयी भइन् । उनले कास्कीकी मिना गुरुङलाई पराजित गरेकी हुन् ।

अधिवेशनअघि नै एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सहितका शिर्ष नेता पोखरामा भेला भएर नेतृत्व आफ्नो पक्षमा पार्न दौडधुपमा थिए । तर सर्वसम्मत अध्यक्ष बनाउने बिषयमा सहमति नजुट्दा अब निर्वाचन भएकाे हाे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार