• शनिबार, साउन ९ २०८३

गैह्रीगाउँ हत्या प्रकरणमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन


शनिबार, भाद्र ३० २०८०
1.2K
Shares

काठमाडौं । शुक्रबार राति गैह्रीगाउँको दिव्य सःमिलमा एकै परिवारका तीनसहित चार जनाको हत्या बारे अनुसन्धान गर्न वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले गठन गरेको पाँच सदस्यीय अनुसन्धान समितिमा प्रहरी नायव उपरीक्षक हरि खतिवडा, प्रहरी नायव उपरीक्षक सुवास खड्का, प्रहरी नायव उपरीक्षक सुरक्षा के.सी. र प्रहरी निरीक्षक वीरेन्द्र के.सी. सदस्य रहेका छन् ।

उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र प्रबिधिको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथासिघ्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार